News Portal

बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख पुन विरुद्ध वडाध्यक्षद्वारा मुद्दा दायर

हिमाली संचार संवाददाता
६५३ पटक

सल्यान, २६ बैशाख : पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गाविन्द कुमार पुनले आफूले पाएको अधिकार प्रयोग गर्न नदिएको भन्दै एक वडाध्यक्षले उच्च अदालत सुर्खेतमा मुद्दा दायर गर्नु भएकाे छ । बनगाड कुपिण्डे नगरपालिका १२ का वडाध्यक्ष गोविन्द डाँगीले नगर प्रमुखले आफ्नो काम, कर्तव्य र अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै मेयरविरुद्ध उच्च अदालतमा मुद्दा दायर गर्नु भएकाे हाे ।

डाँगीले आफ्नो अधिकारमाथि नगरप्रमुख गोविन्दकुमार पुनले ठाडो हस्तक्षेप गरेको आरोप लगाउनु भएकाे छ । नगरपालिकाभित्रको आपसी विवाद र किचलोका कारण आर्थिक वर्ष सुरु भएको झण्डै पाँच महिनापछि वडाध्यक्षले नगरप्रमुखमाथि अधिकार हस्तक्षेप गरेको भन्दै मुद्दा दायर गर्नु भएकाे हाे ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडाबाट सञ्चालन हुने योजनाको सम्झौता, अनुगमन र भुक्तानीको लागि सिफारिस गर्ने सबै अधिकार वडाध्यक्षलाई प्रदान गरिएको छ, तर नगर प्रमुखले वडाध्यक्षको अधिकारमाथि हस्तक्षेप गर्नुभएको छ,’ उहाँले भन्नुभयाे ।

नगरप्रमुख गोविन्द कुमार पुनले कार्यपालिका सदस्यलाई वडामा हुने योजनाहरुको लागि उपभोक्ता समिति गठन, योजना सम्झौताको सिफारिस लगायतका कार्यहरु सञ्चालन गर्ने मात्र जिम्मेवारी दिएको स्वीकार गर्नुभयो । वडा समितिको बैठकको निर्णय अनुसार काम गरेको र वडा समितिको निर्णयबिना कुनै पनि काम नगरेको उहाँको भनाइ छ । आफूले योजना सम्झौता र काम काज गर्ने मात्र जिम्मेवारी दिएको तर अन्य आरोप लगाएर नगरप्रमुखलाई बदनाम गर्ने खोजेको उहाँको दाबी छ ।

कुनै पनि जनप्रतिनिधिले सात दिनभन्दा बढी आफ्नो भूगोल छोड्नु परेमा नगरप्रमुखलाई लिखित रुपमा जानकारी दिनुपर्ने भए पनि वडाध्यक्षले त्यसो नगरेको, वडा कार्यालयमा नियमित उपस्थित नभएको लगायतका कारण कार्यपालिका सदस्यलाई जिम्मेवारी दिइएको नगरप्रमुखले बताएको उज्यालोमा खबर छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...