News Portal

  • बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख पुन विरुद्ध वडाध्यक्षद्वारा मुद्दा दायर

    हिमाली संचार संवाददाता
    ६११ पटक

    सल्यान, २६ बैशाख : पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गाविन्द कुमार पुनले आफूले पाएको अधिकार प्रयोग गर्न नदिएको भन्दै एक वडाध्यक्षले उच्च अदालत सुर्खेतमा मुद्दा दायर गर्नु भएकाे छ । बनगाड कुपिण्डे नगरपालिका १२ का वडाध्यक्ष गोविन्द डाँगीले नगर प्रमुखले आफ्नो काम, कर्तव्य र अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै मेयरविरुद्ध उच्च अदालतमा मुद्दा दायर गर्नु भएकाे हाे ।

    डाँगीले आफ्नो अधिकारमाथि नगरप्रमुख गोविन्दकुमार पुनले ठाडो हस्तक्षेप गरेको आरोप लगाउनु भएकाे छ । नगरपालिकाभित्रको आपसी विवाद र किचलोका कारण आर्थिक वर्ष सुरु भएको झण्डै पाँच महिनापछि वडाध्यक्षले नगरप्रमुखमाथि अधिकार हस्तक्षेप गरेको भन्दै मुद्दा दायर गर्नु भएकाे हाे ।

    ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडाबाट सञ्चालन हुने योजनाको सम्झौता, अनुगमन र भुक्तानीको लागि सिफारिस गर्ने सबै अधिकार वडाध्यक्षलाई प्रदान गरिएको छ, तर नगर प्रमुखले वडाध्यक्षको अधिकारमाथि हस्तक्षेप गर्नुभएको छ,’ उहाँले भन्नुभयाे ।

    नगरप्रमुख गोविन्द कुमार पुनले कार्यपालिका सदस्यलाई वडामा हुने योजनाहरुको लागि उपभोक्ता समिति गठन, योजना सम्झौताको सिफारिस लगायतका कार्यहरु सञ्चालन गर्ने मात्र जिम्मेवारी दिएको स्वीकार गर्नुभयो । वडा समितिको बैठकको निर्णय अनुसार काम गरेको र वडा समितिको निर्णयबिना कुनै पनि काम नगरेको उहाँको भनाइ छ । आफूले योजना सम्झौता र काम काज गर्ने मात्र जिम्मेवारी दिएको तर अन्य आरोप लगाएर नगरप्रमुखलाई बदनाम गर्ने खोजेको उहाँको दाबी छ ।

    कुनै पनि जनप्रतिनिधिले सात दिनभन्दा बढी आफ्नो भूगोल छोड्नु परेमा नगरप्रमुखलाई लिखित रुपमा जानकारी दिनुपर्ने भए पनि वडाध्यक्षले त्यसो नगरेको, वडा कार्यालयमा नियमित उपस्थित नभएको लगायतका कारण कार्यपालिका सदस्यलाई जिम्मेवारी दिइएको नगरप्रमुखले बताएको उज्यालोमा खबर छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल...

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...

    स्पष्ट आधारबिना कम्युनिस्ट एकता सम्भव छैन : अध्यक्ष माधव नेपाल

    काठमाडौं, कात्तिक १२ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए...