News Portal

पोलिएका पाँच महिने नाबालकको उपचारमा समस्या, सहयाेगका लागि अपिल

हिमाली संचार संवाददाता
४७७ पटक

जनकबहादुर शाही
हुम्ला, २५ बैशाख : हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महिने नाबालक छोरा आगोमा परी दुवै खुट्टा पोलिएको छ। उपचारको लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइए पनि जिल्लामा उपचार सम्भव नभएपछि बाहिर पठाइएको जिल्ला अस्पतालका डाक्टर टसी लामाले बताए।

खाना पकाउने चुलो नजिकै सुताएका बालक चलमलाएपछि आगोमा परेका थिए। दुवै खुट्टा पोलिएर घाइते  बालकलाई आर्थिक अभावकै कारण उपचारमा समस्या भएको आफन्तले बताएका छन्। उपचारका लागि सदरमुकाम सिमकोट ल्याएको तर बिरामी बालकलाई उपचारमा जटिल समस्या भएको जिल्लामा उपकरण नभएपछि जिल्ला अस्पतालले बाहिर पठाएको बिरामीका आफन्त भारमल बुढाले बताए।

यस्तै सिमकोट गाउँपालिका– १ ठेहेका जैपुरी बोहराको सात वर्षका छोरा पनि तातो दाल पोखिँदा शरीरको तल्लो भाग पूरै पोलिएको छ। उपचारको लागि जिल्ला अस्पतालमा ल्याएको नर भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...