News Portal

पोलिएका पाँच महिने नाबालकको उपचारमा समस्या, सहयाेगका लागि अपिल

हिमाली संचार संवाददाता
४४३ पटक

जनकबहादुर शाही
हुम्ला, २५ बैशाख : हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महिने नाबालक छोरा आगोमा परी दुवै खुट्टा पोलिएको छ। उपचारको लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइए पनि जिल्लामा उपचार सम्भव नभएपछि बाहिर पठाइएको जिल्ला अस्पतालका डाक्टर टसी लामाले बताए।

खाना पकाउने चुलो नजिकै सुताएका बालक चलमलाएपछि आगोमा परेका थिए। दुवै खुट्टा पोलिएर घाइते  बालकलाई आर्थिक अभावकै कारण उपचारमा समस्या भएको आफन्तले बताएका छन्। उपचारका लागि सदरमुकाम सिमकोट ल्याएको तर बिरामी बालकलाई उपचारमा जटिल समस्या भएको जिल्लामा उपकरण नभएपछि जिल्ला अस्पतालले बाहिर पठाएको बिरामीका आफन्त भारमल बुढाले बताए।

यस्तै सिमकोट गाउँपालिका– १ ठेहेका जैपुरी बोहराको सात वर्षका छोरा पनि तातो दाल पोखिँदा शरीरको तल्लो भाग पूरै पोलिएको छ। उपचारको लागि जिल्ला अस्पतालमा ल्याएको नर भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...