News Portal

  • दोलखामा जेहेन्दार विद्यार्थीले टुकीसमेत बाल्न नपाएपछि…

    हिमाली संचार संवाददाता
    ५२१ पटक

    चिरञ्जीवी मास्के
    दोलखा, २५ बैशाख : दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ नेगल टोल, झण्डै ५० घरधुरी रहेको नेगलका सबैघरमा बिजुली बत्ति छ तर बिर्खबहादुर नेपालीको परिवार भने अध्यारोमा बस्दै आएका थिए । सुकुम्बासी बिर्खबहादुर आर्थिक अवस्था कम्जोर भएकै कारण अध्यारोमा बस्न बाध्य भएको बुझेपछि अहिले राजकुलेश्वर आधारभूत विद्यालय दोलखाले उनको घरमा बिजुलीको मीटर जडान गरिदिएर बिजुली बत्ति बाल्ने ब्यवस्था मिलाएकोे छ ।

    राजकुलेश्वर आधारभूत माध्यामीक विद्यालयका प्रधानाध्यापक प्रकाश दहालका अनुसार बिर्खबहादुरका छोरा कक्षा ६ मा अध्यनरत सुरेश नेपाली विद्यालयका जेहेन्दार र जान्ने मध्यका विद्यार्थी हुन् । सधै गृहकार्य राम्रोसंग गरेर ल्याउने सुरेशले एक दिन गृहकार्य गरेनन् । उक्त दिन आफुले किन गृहकार्य नगरेको भनि सुरेशलाई सोध्दा मट्टीतेल नभएकोले टुकी बाल्न नपाएको कारण गृहकार्य गर्न नसकेको जवाफ दिएका थिए ।

    अहिलेको जमानामा पनि मट्टीतेलले टुकी बाल्नु पर्ने बाध्यता र आफ्नो बिद्यालयको जान्ने तथा जेहेदार विद्यार्थीले बत्तिको समस्याकै कारण पढाईमा क्षति ब्यहोर्नु पर्ने सम्भावना देखेपछि विद्यालयले झण्डै २२ हजार रुपैया खर्च गरेर बिजुली बत्ति बाल्ने ब्यवस्था मिलाई दिएको राजकुलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक प्रकाश दहाल बताउछन्। बिर्खबहादुरको आफ्नो नाममा जग्गा नभएकोले मीटर जडानको लागि उनको भाइको लालपूर्जा राखेको प्रधानाध्यापक दहालले बताए ।

    बिर्खबहादुरको परिवारमा १२ बर्षको छोरा सुरेश र श्रीमती गरी ३ जना छन् । बिर्खबहादुर र श्रीमती दुबै निरक्षर हुन् । अरुको घरमा बनि गर्ने र गाँउघरमा सामान्य रुपमा सिलाईको काम गर्ने उनको परिवारलाई विहान बेलुकाको छाक टार्न समेत मुश्किल छ ।

    अरुको बनि गरेको पैसाले विहान बेलुका खान समेत मुश्किल पर्छ, खेती किसान गर्न जमिन छैन अनि कसरी बिजुली बत्ति बाल्ने पैसा जोहो गर्न सक्छु र – बिर्खबहादुरले भने । आफ्नो दुःख देखेर विद्यालयले बिजुली बाल्ने ब्यवस्था गरिदिएको भन्दै उनले अब छोराको पढाईमा सजिलो हुने आशा गरेको बताए ।

    राजकुलेश्वर आधारभूत विद्यालयका विद्यार्थी सुरेशले विजुली बत्ति जोडिदिएर विद्यालयले आफ्नो पढाईको लागि ठूलो सहयोग गरेको उल्लेख गर्दै अब नियमीत गृहकार्य गर्ने र राम्रोसंग पढेर आमा बुबालाई राम्रोसंग पालन पोषण गर्ने बताए ।

    राजकुलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक दहाल बिर्खबहादुरको परिवारले विजुलीको मासिक शूल्क समेत तिर्न सक्ने अवस्था नरहेकोले ६ महिनासम्म विद्यालयलेनै विजुली बाले बापतको मासिक शूल्क तिर्ने ब्यवस्था गरिदिएको र उसको परिवारको सहयोगको लागि दाताको खोजि समेत भैरहेको बताउछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...