News Portal

मदन भण्डारीको हत्यारा पत्ता लगाउन दुई तिहाईको सरकारले किन सक्दैन ?

हिमाली संचार संवाददाता
५०७ पटक

बैशाख २४, काठमाडौं : प्रतिनिधि सभामा मदन भण्डारीका हत्यारा पत्ता नलगाएको विषय उठान भएको छ । मंगलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा नेपाली काँग्रेसका नेता देवेन्द्रराज कँडेलले दुई तिहाईको सरकारले किन मदनभण्डारीको हत्यारा पत्ता लगाउन सक्दैन ? भन्दै प्रश्न गरेका छन् ।

उनले मदन भण्डारीको नाममा विश्व विद्यालय खोल्ने सरकारको परिकल्पना राम्रो भएको भन्दै उनको हत्याराको बारेमा सरकारले वास्तै नगर्नुको कारण के हो ? भन्ने प्रश्न पनि गरेका छन् ।

दुई तिहाईको सरकार, भण्डारीका मित्र प्रधानमन्त्री र धर्मपत्नी राष्ट्रपति भएको बेलामा समेत सरकारले मदन भण्डारीको हत्याराको खोजी समेत नगरेको भन्दै जनस्तरमा समेत बेला बेलामा यसबारे चर्चा चल्ने गर्दछ । यही बेलामा कँडेलले भने संसद्मा नै यसबारे कुरा उठाएका हुन् ।

नेता कँडेलले फरक प्रसंगमा बालुवाटारको ललिता निवास प्रकरणमा प्रमुख आरोपी मानिएका नवलपरासीका शोभाकान्त ढकाल तत्कालीन एमालेको नेता भएकोले पनि उनलाई उन्मुक्ति दिईएको त होईन ? भन्ने चासो राखेका छन् ।

२०७० सालको चुनाव र पछिल्लो आम चुनावमा समेत उनको नाम समानुपातिक सूचीमा राखिएको भन्दै पार्टीको नेता भएकै कारणले त उनीमाथि कारबाही नभएको त होईन ? भन्ने प्रश्न समेत उनले गरे ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...