News Portal

मदन भण्डारीको हत्यारा पत्ता लगाउन दुई तिहाईको सरकारले किन सक्दैन ?

हिमाली संचार संवाददाता
५५६ पटक

बैशाख २४, काठमाडौं : प्रतिनिधि सभामा मदन भण्डारीका हत्यारा पत्ता नलगाएको विषय उठान भएको छ । मंगलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा नेपाली काँग्रेसका नेता देवेन्द्रराज कँडेलले दुई तिहाईको सरकारले किन मदनभण्डारीको हत्यारा पत्ता लगाउन सक्दैन ? भन्दै प्रश्न गरेका छन् ।

उनले मदन भण्डारीको नाममा विश्व विद्यालय खोल्ने सरकारको परिकल्पना राम्रो भएको भन्दै उनको हत्याराको बारेमा सरकारले वास्तै नगर्नुको कारण के हो ? भन्ने प्रश्न पनि गरेका छन् ।

दुई तिहाईको सरकार, भण्डारीका मित्र प्रधानमन्त्री र धर्मपत्नी राष्ट्रपति भएको बेलामा समेत सरकारले मदन भण्डारीको हत्याराको खोजी समेत नगरेको भन्दै जनस्तरमा समेत बेला बेलामा यसबारे चर्चा चल्ने गर्दछ । यही बेलामा कँडेलले भने संसद्मा नै यसबारे कुरा उठाएका हुन् ।

नेता कँडेलले फरक प्रसंगमा बालुवाटारको ललिता निवास प्रकरणमा प्रमुख आरोपी मानिएका नवलपरासीका शोभाकान्त ढकाल तत्कालीन एमालेको नेता भएकोले पनि उनलाई उन्मुक्ति दिईएको त होईन ? भन्ने चासो राखेका छन् ।

२०७० सालको चुनाव र पछिल्लो आम चुनावमा समेत उनको नाम समानुपातिक सूचीमा राखिएको भन्दै पार्टीको नेता भएकै कारणले त उनीमाथि कारबाही नभएको त होईन ? भन्ने प्रश्न समेत उनले गरे ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...