News Portal

  • सभामुख महरा संसदको सभामुख नभई प्रधानमन्त्रीको आदेशपालक : गगन थापा

    हिमाली संचार संवाददाता
    ४७८ पटक

    बैशाख २४, काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख भुमिकाविहीन अवस्थामा निरिह रहेको थापाको टिप्पणी छ।

    संसदमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिलाई छोडेर अन्यको जवाफ दिन्छु भनेपछि आफुहरुले नियमापत्ति गर्दै असंसदीय भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउन रुलिङ गर्न माग गर्दा उल्टै प्रधानमन्त्रीकै जवाफलाई निरन्तरता दिएर सभामुखले आफ्नो निरीहता देखाएको  बताए। उनले सभामुख सभामुखको पदिय भुमिकामा नभई प्रधानमन्त्रीको आदेशपालक बनेको आरोप लगाए ।

    ‘फेरि एक पटक संसदको सभामुखले सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्नुभएको छैन,’ थापाले भने, ‘सभामुखले व्यवस्थापिकाको प्रमुख भएर होइन, प्रधानमन्त्रीको आदेशपालकको भूमिकामा रहनुभएको छ भन्ने पुनःपुष्टि गर्नुभएको छ ।

    नेता थापाले प्रधानमन्त्रीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । ‘तिमीले प्रयोग गर्यौ । त्यसकारणले गर्दा मैले पनि प्रयोग गर्छु । मसँग कुस्ती खेल्ने हो ?’ भन्ने ढंगबाट प्रधानमन्त्री प्रस्तुत भएको टिप्पणी उनको छ । नेपालको संसदीय इतिहासमै नभएको घटना मंगलबार संसदमा देखिएको भन्दै नेता थापाले त्यसबारे पार्टीले गम्भीर छलफल गर्ने बताए ।

    ‘सरकारले कुनै पनि निकायको मान राख्दैन भन्ने थप पुष्टि भएको छ । यसबारे हामी छलफल गर्छौं,’ उनले भने, ‘प्रधानमन्त्रीले जस्तो व्यवहार गर्नुभयो, यो सामान्य घटना होइन । सभामुख जसरी निरीह हुनुभयो । यो नेपालको संसदीय इतिहासको सानो घटना होइन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...