News Portal

सभामुख महरा संसदको सभामुख नभई प्रधानमन्त्रीको आदेशपालक : गगन थापा

हिमाली संचार संवाददाता
५४७ पटक

बैशाख २४, काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख भुमिकाविहीन अवस्थामा निरिह रहेको थापाको टिप्पणी छ।

संसदमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिलाई छोडेर अन्यको जवाफ दिन्छु भनेपछि आफुहरुले नियमापत्ति गर्दै असंसदीय भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउन रुलिङ गर्न माग गर्दा उल्टै प्रधानमन्त्रीकै जवाफलाई निरन्तरता दिएर सभामुखले आफ्नो निरीहता देखाएको  बताए। उनले सभामुख सभामुखको पदिय भुमिकामा नभई प्रधानमन्त्रीको आदेशपालक बनेको आरोप लगाए ।

‘फेरि एक पटक संसदको सभामुखले सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्नुभएको छैन,’ थापाले भने, ‘सभामुखले व्यवस्थापिकाको प्रमुख भएर होइन, प्रधानमन्त्रीको आदेशपालकको भूमिकामा रहनुभएको छ भन्ने पुनःपुष्टि गर्नुभएको छ ।

नेता थापाले प्रधानमन्त्रीको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । ‘तिमीले प्रयोग गर्यौ । त्यसकारणले गर्दा मैले पनि प्रयोग गर्छु । मसँग कुस्ती खेल्ने हो ?’ भन्ने ढंगबाट प्रधानमन्त्री प्रस्तुत भएको टिप्पणी उनको छ । नेपालको संसदीय इतिहासमै नभएको घटना मंगलबार संसदमा देखिएको भन्दै नेता थापाले त्यसबारे पार्टीले गम्भीर छलफल गर्ने बताए ।

‘सरकारले कुनै पनि निकायको मान राख्दैन भन्ने थप पुष्टि भएको छ । यसबारे हामी छलफल गर्छौं,’ उनले भने, ‘प्रधानमन्त्रीले जस्तो व्यवहार गर्नुभयो, यो सामान्य घटना होइन । सभामुख जसरी निरीह हुनुभयो । यो नेपालको संसदीय इतिहासको सानो घटना होइन ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...