News Portal

नेपाललाई अन्तर्राष्ट्रिय कराँतेमा ५ स्वर्णसहित ८ पदक

हिमाली संचार संवाददाता
४८४ पटक

वैशाख २४, बुटवल : मलेसियामा सम्पन्न १६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्ण सहित आठ पदक जितेका छन् । विजेताहरु सबै रुपन्देहीका हुन् ।
इन्द्रमुलिया स्टेडियममा नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीहरुले विभिन्न तौलमा प्रतिस्पर्धा गरेका थिए ।

स्वर्ण पदक विजेताहरुमा ईश्वर विक, युजिन गुरुङ, समुद्र सिंह राना, सविन श्रेष्ठ र कमल चौधरी रहेको नेपाल रेन्बुकाई करांते संघका केन्द्रीय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशमलाल लामा तामाङले जानकारी दिए । यस्तै संगम नेपालीले एउटा रजत र हिरादेवी राईले काता तथा कुमितेमा गरी दुईवटा रजत पटक जितेका छन् ।

विजयी खेलाडिलाई मलेसियाको स्पेयर्कका युवा तथा खेलकुद मन्त्री यब इन्सिक लि चाउन होनले प्रमाण पत्र तथा पदक हस्तान्तरण गरेका थिए । भारत, मलेसिया, सिंगापुर, जर्मनी, इण्डोनेसिया, पाकिस्तान, दुवई, लगायत १६ राष्ट्रका करीब १ हजार बढी खेलाडी सहभागी थिए ।

नेपाली खेलाडीहरुले आफ्नै मेहनतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक प्राप्त गर्नु गौरवको विषय भएको संघका प्रशिक्षक कमरुदिन अलीले बताए ।

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...