News Portal

परम्परागत शैलीमा काम गरे संघीयताले सार्थकता नपाउने : नेता शाही

हिमाली संचार संवाददाता
४५५ पटक

सुर्खेत : नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाहीले परम्परागत शैलीमा काम गरे संघीयताले सार्थकता पाउन नसक्ने बताएका छन् । नयाँ सोचले काम गरी जनतालाई सेवा प्रवाह गर्न सके संघीयताको सार्थकता हुने बताए । सोमबार वीरेन्द्रनगरमा भएको नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कर्णाली प्रदेशको समन्वयमा दुइदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

प्रदेश सभा सदस्य एवं प्रतिपक्ष दलको नेता समेत रहेका शाहीले संघीयतालाई कार्यन्वयन गर्ने क्रममा सबै भन्दा बढी महत्वपूर्ण भूमिका कर्मचारीहरुको हुने उल्लेख गरे । अवका दिनमा प्रजातान्त्रिक मूलमन्त्र बोक्नेहरुले सहज र सरल तरिकाले सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले विभिन्न क्षेत्रहरुको कानून निर्माण गर्न लागेको उल्लेख गर्दै ट्रेड यूनियनहरुले पनि ध्यान दिनु पर्ने उनको भनाई छ ।

कर्णालीको विकास र समृद्धिका लागि यहाँको ‘स्याउ, च्याउ र झ्याउ’ विक्रि गरे मात्र अन्य प्रदेश भन्दा चाँडै धनी हुने उल्लेख गरे । नेता शाहीले कर्णालीको जल, जमिन र जडीवुटीलाई सही सदुपयोग गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा ट्रेड यूनियनका केन्द्रीय उपाध्याक्ष राधीका कुइकेलले सरकारले पोल पोलमा सरकार छ भनेर जनतालाई हसाएको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षाको अवस्था खोज्नु बताईन् । कर्मचारीहरुलाई समायोजनको नाममा हाउगुजीको रुपमा त्रसित बनाएको भन्दै आफू अनुकुलका कर्मचारीहरुलाई व्यवस्थापन गरेको समेत आरोप लगाईन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघका कार्यवाहाक अध्यक्ष सुनील दत्त मिश्रले सार्वजनिक सेवाका क्षेत्रहरुमा काम गर्नेहरुका लागि प्रदेश कानून निर्माण गर्न लागेको उल्लेख गरे । सम्बन्धित सरोकारवालाहरु सँग आवश्यक छलफल गरेर प्रादेशिक कानून निर्माण गर्ने उनले बताए। कर्मचारीहरुको सेवा प्रदान गर्ने परम्परागत सोचाईलाई परिवर्तन गराउन आफूले गोष्ठि आयोजना गरेको बताए ।

कार्यक्रममा सञ्चार, खेलकुद, स्वास्थ्य, दुरसञ्चार, कृषि सामाग्री, खाद्य संस्थान, विद्युत लगायतका नेपाली काँग्रेसमा आस्था राख्ने कर्मचारी सहभागि रहेको कार्यक्रम भानुभक्त खड्काको सभापतित्वमा भएको हो ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...