आज : २०२६-०६-१४, आइतबार

=== गजल ===

पटक पटक काँडा नभएको आभास भयो,
चुडिने बेला लगातार फुल मात्र पास भयो

ए काल तँ किन घरिघरि रिगछस वरिपरि,
जीवन निर्जीव नभएको दुख महशुस भयो

फुल हो फुलले कसैको जीवन सजाउनु पर्छ,
बतासले उडायो,चितामा अविरको रास भयो

सुनसान त्यो बगैंचा र फुल्न नसकेका फुलहरु,
कसरी फुलुन बिचरा टिप्लान भन्ने त्रास भयो।।

~ श्रीराम बस्याल ‘स्वरुप’