मोरङको रंगेली अस्पतालकाे सेवा शुन्यमा झर्यो, जिल्ला अस्पताल प्राथमिक अस्पतालमा परिणत

मोरङ, १९ बैशाख : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडौंकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा भवन निर्माण भएपछि यस भेगका सर्वसाधारणहरु खुसिले दङ्ग भए तर पनि रंगेली अस्पतालमा डाक्टर, अाैषधि तथा उपकरणहरुकाे अभावले उपचारका लागि रंगेली देखि २२ किलोमिटर रहेको बिराटनगरका विभिन्न अस्पतालमा उपचार गराउन जान बाध्य छन ।
नेपाल सरकारले जिल्ला अस्पताल रंगेलीलाई प्राथमिक अस्पतालमा परिणत गरेको छ भने ५० जनाकाे दरवन्दि रहेको अस्पतालमा २८ जनाकाे दरवन्दि कायम समेत गरेको छ । अस्पतालका डाक्टर, कर्मचारी तथा सुईपरहरुले बिगत दुई महिना देखि तलव समेत खान पाएका छैनन् । त्यति मात्रै हाेईन अति अावश्यक पर्ने सिटामाेल, सिरिन्ज, अाैषधि समेत अभाव रहेको छ । सरसफाइकाे लागि कुचाे, फिनेल जस्तो कुरा समेत छैनन जस्का कारण सरसफाइमा समेत समस्या रहेको सुईपरहरु बताउँछन् ।
बिगत ३ महिना देखि एक्सेरे मेसिन समेत बिग्रेर बेकामे बनेको छ । ceonc कार्यक्रम अन्तर्गत अामा सुरक्षाकाे अाैषधि अभावका कारण उक्त सेवा समेत बन्द रहेको छ । रातिको समयमा बिधुत कटाैति भए अन्धकारमा माेवाईल र मैन बत्तिकाे भरमा सेवा दिन बाध्य रहेका छन । अस्पतालमा जेनेरेटर भएता पनि तेल हाल्ने रकम नहुदा अझै समस्या परेको छ ।
अस्पतालमा अक्सिजनकाे समेत अभाव रहेको र अामा सुरक्षा कार्यक्रमकाे यातायात खर्च समेत बिगत दुई महिना देखि बिरामीहरुले पाउन नसकेकाे स्थानीय सरकार र प्रदेश सरकारलाई बारम्बार लिखित पत्र गरि जानकारी गराएता पनि हालसम्म कुनै चासाे नदेखाएको कारणले गर्दा अाईतबार देखि अस्पतालकाे अाकस्मिक सेवा बाहेक सबैका ठप्प गर्ने प्रेस बिज्ञप्ति समेत निकालिएको अस्पतालका सुचना अधिकृत गाेविन्द कटुवालले बताए ।
रंगेली अस्पतालमा पहिले ४५ जनाकाे दरवदि रहेको भएता पनि नेपाल सरकारले प्राथमिक अस्पताल धाेषण गरेपछि २८ जनाकाे दरवन्दि दिएकाे छ । जस मध्ये नासु १ जना डाक्टर ३ जना, रेडियो ग्राफि १ जना, ल्याव १ जना, ल्याव असिस्टेसन १ जना, स्टाप नर्स ५ जना, हेल्प असिस्टेसन ४ जना, अहेव १ जना, अनमि ३ जना, लेखा प्रमुख १ जना, डाईभर ६ जना रहेका छन । तर अस्पतालमा भने एउटा पनि साईकल छैन तर डाईभरकाेे दरवन्दि भने ६ जना दिएकाे छ ।
अस्पतालमा रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्सि नगरपालिका, कानेपाेखरी नगरपालिकाका केही सर्वसाधारण तथा भारकाेे कुर्साकट्टा, कुवाडि, सिमावर्ति क्षेत्रमा बसाेवास गर्ने गरिव घर परिवारका सर्वसाधारणहरुले सेवा लिदै अाएका छन । अस्पतालेे दैनिकी ४० देखि ५० हजार रुपैयाँकाे अम्दानी गर्ने गरेता पनि अहिले भने अाम्दानीमा कमि समेत अाएकाे छ ।

















