
कर्ण अधिकारी-बरीष्ठ समाजसेवी हेम थापा र उहाँको जीवन संगीनी माया थापाले बिगतका दिनहरू देखि नै सामाजिक सेवामा समर्पित हुँदै आफूले कमाएको अधिकाँश रकम सहयोग गर्दै आएका छन्।
अहिले सम्म २ करोड भन्दा बढी सहयोग गरी सकेका थापा दम्पति यति खेर अमेरीकाको न्युयोर्क सिटीमा हुनु हुन्छ।अर्जुन भुषालको पहलमा निर्माण हुँदै गरेको कैलालीको सामुदायिक बिद्यालयलाई फाउण्डेशनले नेरू ५० हजार ८१ रूपैया सहयोग गरेका छन् । बिहान ३ बजे देखि बेलुकी ७/८ बजे सम्म काममा खटिने हेम थापाको मनकारी मनका कारण दीन दुखीहरूले राहत पाउनुका साथै समाजका बिकासका लागि निस्वार्थ भावनाले सहयोग गरी समाज र बस्ति बिकाशका लागि ईट्टा थप्ने काम गरी रहेका छन्।
दीन दुखीहरू र समाजिक कार्यका लागि स्थापना भएको हेम एण्ड माया फाउण्डेशन नेपालले केहि समय पहिला रवि लामिछानेको पहलमा निर्माण हुन लागेको रास्कोट सामुदायिक अस्पताललाई नेरू २ लाख सहयोग गरेका थिए।
त्यसै गरी कालीकोटमा आगलागीमा परी घरबार बिहिन भएकाहरूलाई नेरू १ लाख सहयोग गरेका थिए।केहि समय पहिले बारा पर्सामा आएको हावाहुरीका कारण घरबार बिहिन भएकाहरूलाई नेरू ५० हजार सहयोग गरेका थिए।मृगौला पीडित राजेन्द्र कार्कीलाई नेरू १० हजार सहयोग गरेका थिए।त्यसै गरी एपेन्डिस पिडित १८ महिने बालक गौरव रसाईलीलाई नेरू १० हजार ७७ रूपैया सहयोग गरेका छन्।
सहयोगको क्रममा झकिन्द्र खतिवडाले चलाएको धुर्ब तामाङ बचाउ अभियानमा धनुषा ढल्केबरका धुर्ब कुमार थिङ तामाङ जो वैदेशिक रोजगारको सिलसिलामा मलेसियाको जोहोरबारुमा केमिकल उत्पादन गर्ने कम्पनिमा काम गर्दा त्यहि केमिकलहरुको कारणले उहाको दुबै मिर्गौला फेल भएर उपचार्थ रहेका तामाङलाई नेरू २० हजार सहयोग गरेका छन्।
त्यसै गरी पवित्रा गौतमले चलाउनु भएको राकेश योगी बचाउ अभियानमा हेम एण्ड माया फाउण्डेशन नेपालले नेरू १० हजार सहयोग गरेको छ।गरीवीको चपेटामा परी आर्थिक अबस्था नाजुक भई दुख पाई रहेकी बालिका पुजा खत्री, उहाँको हजुर बुबा र भाई बहिनीहरूको पालन पोषण र शिक्षा दिक्षाको समेत जिम्मेवारी लिएका छन्। निस्वार्थ भावनाले सामाजिक सेवामा समर्पित भएका थापा बिगत ३५ बर्ष देखि सामाजिक सेवामा खटिई रहनु भएको छ।थापाको स्थायी घर अर्थात जन्म घर तेह्रथुम माेराहाङ्ग हो ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
