News Portal

प्रधानमन्त्री ओलीलाइ महतोको प्रश्न : के नाराले समृद्ध नेपाल निर्माण हुन्छ ?

हिमाली संचार संवाददाता
४८३ पटक

काठमाडौं : राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा लगाएर मात्रै देश समृद्ध नहुने बताएका छन्। ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी) ले मजदुर दिवसका अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा नेता महतोले यसो भनेका हुन् ।

लाखौँ जनशक्ति कामका लागि विदेशिएको छ। यसैलाई उपलब्धि मान्‍नुपर्ने अवस्था आएको छ। मुलुकमा उद्योग नखुली रोजगारी सिर्जना नहुने बताउँदै उनले त्यसबाट श्रमिकलाई घाटा पर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीतर्फ हेर्दै महतोले भने, ‘प्रधानमन्त्रीज्यूले बारम्बार भन्‍ने गर्नुहुन्छ, ‘सुखी नेपाली समृद्ध नेपाल’, यो नाराले मात्रै देश समृद्ध हुने हो र ?’ महतोले नेपाली श्रमिक विदेश बनाइरहँदा देश भने विकास हुन नसकेको बताए।

उनले ठूला कम्पनी बाहिर गइरहेको बताउँदै उद्योग पनि नखुलेको जिकिर गरे । ‘न उद्योगको सुरक्षा न मजदुरको सुरक्षा छ। ठूलठूला मल्टिनेशनल कम्पनी भागिरहेका छन्’, उनले भने, ‘उद्योग नखुले कसरी विदेश गएका नेपाली कसरी फर्किन्छन्रुु, महतोले थपे, ‘समृद्ध नेपाल सुखी नेपालीको नारा नारामा मात्रै सीमित राख्नु हुँदैन।

निर्वाचनमा दुईतिहाइको सरकार मागे अनुसार जनताले दिएको भन्दै महतोले अब कसरी उद्योग खोल्ने, कसरी विकास गर्ने र रोजगारी सिर्जना गर्ने योजना र नीति ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...