News Portal

प्रधानमन्त्री ओलीलाइ महतोको प्रश्न : के नाराले समृद्ध नेपाल निर्माण हुन्छ ?

हिमाली संचार संवाददाता
५३७ पटक

काठमाडौं : राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा लगाएर मात्रै देश समृद्ध नहुने बताएका छन्। ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी) ले मजदुर दिवसका अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा नेता महतोले यसो भनेका हुन् ।

लाखौँ जनशक्ति कामका लागि विदेशिएको छ। यसैलाई उपलब्धि मान्‍नुपर्ने अवस्था आएको छ। मुलुकमा उद्योग नखुली रोजगारी सिर्जना नहुने बताउँदै उनले त्यसबाट श्रमिकलाई घाटा पर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीतर्फ हेर्दै महतोले भने, ‘प्रधानमन्त्रीज्यूले बारम्बार भन्‍ने गर्नुहुन्छ, ‘सुखी नेपाली समृद्ध नेपाल’, यो नाराले मात्रै देश समृद्ध हुने हो र ?’ महतोले नेपाली श्रमिक विदेश बनाइरहँदा देश भने विकास हुन नसकेको बताए।

उनले ठूला कम्पनी बाहिर गइरहेको बताउँदै उद्योग पनि नखुलेको जिकिर गरे । ‘न उद्योगको सुरक्षा न मजदुरको सुरक्षा छ। ठूलठूला मल्टिनेशनल कम्पनी भागिरहेका छन्’, उनले भने, ‘उद्योग नखुले कसरी विदेश गएका नेपाली कसरी फर्किन्छन्रुु, महतोले थपे, ‘समृद्ध नेपाल सुखी नेपालीको नारा नारामा मात्रै सीमित राख्नु हुँदैन।

निर्वाचनमा दुईतिहाइको सरकार मागे अनुसार जनताले दिएको भन्दै महतोले अब कसरी उद्योग खोल्ने, कसरी विकास गर्ने र रोजगारी सिर्जना गर्ने योजना र नीति ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...