News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • २२ दिनपछि रिहा भए पत्रकार महर्जन, क्रान्तिकारी पत्रकार संगठनले गर्‍यो अभिनन्दन

    हिमाली संचार संवाददाता
    २४५ पटक

    उमाकान्त युके
    काठमाडौ : पत्रकार जितेन्द्र महर्जन रिहा भएका छन् । न्हूगु ज्वजलपा वा: पौ साप्ताहिक पत्रिकाका सम्पादक जितेन्द्र महर्जन २२ दिनको हिरासत बसाईपछि रिहा भएका छन् । मंगलबार सर्बोच्च अदालतको आदेशपछि उनी रिहा भएका हुन् ।

    नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै मंगलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले महर्जनलाई रिहा गर्न आदेश दिएको हो।

    प्रहरीले महर्जनलाई चैत्र २६ गते समाचार संकलनका क्रममा काठमाडौंको रामशाहपथस्थित नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालय परिसरबाटै गिरफ्तार गरेको थियो ।

    नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, नेपाललगायत प्रेस तथा मानवअधिकारसँग सम्बन्धित संघ-संगठनहरुले महर्जनको गिरफ्तारीको बिरोध जनाएका थिए । नेपाल पत्रकार महासंघको तर्फबाट महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर गरेका थिए। रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले बैशाख ८ महर्जनलाई रिहा गर्न आदेश दियो ।

    अदालतको आदेशलपछि रिहा भएका महर्जनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गरेको थियो। क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका जैसी पत्रकार महर्जनको रिहाइको माग गर्दै महासंघको तर्फबाट पुनः अदालत पुगेका थिए ।

    दोस्रो रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश दिपककुमार कार्की र हरिप्रसाद फुयालको सयुक्त इजलासको आदेशमा महर्जन रिहा भएका हुन् । रिहा पछि क्रान्तिकारी पत्रकार संगठन नेपालले मंगलबार साँझ संवाद डबलीमा अभिनन्दन गरेको छ ।

    संगठनका उपाध्यक्ष जन्मदेव जैसी, महासचिव बाबुराम भुसाल, नेवा राष्ट्रिय पत्रकार दवूका केन्द्रीय उपाध्यक्ष नृपेन्द्र श्रेष्ठ, महासचिव सुनिल महर्जन, रेडियो मिर्मिरेका प्रबन्धक खम्बु चन्द, इमानदार मिडियाका अध्यक्ष कमल बुढा, संवाद डबलीका सचीव धनन्जय बुढालगायत पत्रकारहरुको उपस्थितिमा भएको अभिनन्दन कार्यक्रममा महर्जनका आफन्तहरुको समेत सहभागिता रहेको थियो ।

    अभिनन्दन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले महर्जनको रिहाइका लागि पहल र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । लोकतान्त्रिक शासन व्यवस्थामा पनि आस्था, अभिव्यक्ति र विचारकै कारण पत्रकारलाई पक्राउ गरिनु दु:खद भएको भन्दै जैसीले प्रेसमाथि हुने सबै प्रकारका हस्तक्षेप बन्द गर्न सरकारसँग माग गरे ।

    उनले जुनसुकै प्रकारको अबरोधको सामना गर्नुपरे पनि प्रेस स्वतन्त्रताको अनवरत लडाइमा साथ दिन मानवअधिकार वादी र प्रेस जगतलाई अपिल गरे। पत्रकार महर्जनको रिहाइको लागि पत्रकार महासंघले देशव्यापी दवावमूलक कार्यक्रमको घोषणा गरेको थियो ।

    सोही क्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रेसमाथिको हस्तक्षेप बन्द माग गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    पोखरामा यौन व्यवसाय संचालनको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ, ५ महिला उद्धार

    पोखरा, वैशाख ३१ – पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकमा सञ्चालित एक रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाका...

    मखनटोल आगलागी: उपप्रमुख सुनिता डंगोलको स्थलगत अनुगमन, ग्यास कम्पनी र डिलरमा पनि निगरानी बढाउने तयारी

    काठमाडौं, वैशाख ३१ – काठमाडौं महानगरपालिका–२४ स्थित मखनटोलमा शुक्रबार बिहान भएको भीषण आगलागीबाट क्षति पुगेका...

    परराष्ट्रले सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त

    काठमाडौं, वैशाख ३१ – परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको मिति सार्न...

    नव-निर्वाचित एनआरएनए कार्यसमितिद्वारा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं, वैशाख ३१ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नव-निर्वाचित कार्यसमितिले परराष्ट्रमन्त्री डा. आरजु...

    खालिस्तानी नेता नेपालबाट पक्राउ परेको भारतीय दाबी, नेपाल प्रहरी अनविज्ञ

    काठमाडौं, वैशाख ३१ – भारतका विभिन्न सञ्चारमाध्यमहरूले ‘खालिस्तानी आन्दोलन’का एक फरार अगुवा बलवीर सिंह उर्फ...