News Portal

  • कालेकाले मिलेर खाउ भाले भने जस्तो हुन दिन्न : उपप्रमुख खड्गी

    हिमाली संचार संवाददाता
    ७१९ पटक

    काठमाडौंको खुलामञ्च जस्तो नेपाली राजनीतिक इतिहासको प्रत्यक्ष साक्षी समेत बेचिए पछि बारम्बार विवादमा आउने काठमाडौं महानगरपालिका थप विवादमा तानिएको छ । काम भन्दा बढी विवादमा रमाउने काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखबीचको विवादको शिकार रानीपोखरीको पुनर्निर्माण बनिरहदाँ अर्को विवाद थपिएको छ खुलामञ्च ।

    खुलामञ्चमा कसरी धमाधम सटरहरु निर्माण भए र त्यस्को भाडा उठाएर करोडौंमा रमिता गरियो यो खबर बारे अचम्म प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी दुबै बेखबर छन् । यतिखेर उपप्रमुख खड्की प्रत्येक पाइलामा प्रमुख शाक्यको दोष देख्नु हुन्छ । उता प्रमुख शाक्य भने शतप्रतिशत उपप्रमुख खड्कीको दोष देख्नु हुन्छ ।

    उपप्रमुख खड्की भने खुलामञ्च प्रकरणमा आगो नै ओकल्न थाल्नु भएको छ भने आइतबार आफ्नो आक्रोशको उग्ररुप पेश हुने तर्क गर्नु हुन्छ । न्यूज २४ नेपालका लागि कृष्णकुमारी चौलागाईले गरेको कुराकानी :

    खुल्ला मञ्चको जग्गामा सटर निर्माण गरेर बिक्री भयो, यस विषयमा तपाईहरु अनभिज्ञ हुनुहुन्थ्यो कि मौन हुनुभएको हो ?

    खुल्ला मञ्च खुल्ला रहनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ । खुल्ला मञ्चसंग हाम्रो ऐतिहासिक अध्यायहरु जोडिएको छ । त्यसमा सटर बन्नु र बिक्री हुनु पक्कै पनि राम्रो कुरा हुदैँ होइन् । वास्तवमा खुल्ला मञ्चको विषयमा म मौन बसेको होइन । यो मेरो टोलमा नै पर्ने भएकोले यहाँको स्थानीयले भनेपछि मैले थाहा पाए । आधिकारिक रुपमा बुझ्ने वित्तिकै नगर समितिको बैठकमा मेयर ज्यूसंग यस विषयमा मैले नै कुरा राखेको हुँ । अब यस्लाई मौन भन्न मिल्छ ।

    मेयर ज्यूले खुल्ला मञ्चको जग्गामा तपाईले नै राजनीति गर्नुभयो भन्नुभएको छ नि ?

    मैले खुल्ला मञ्चमा राजनीति किन गर्ने ? मलाई आवश्यकता भएको कुरा पनि होईन । अब यस विषयमा मैले कुरा उठाउँदा यसमा राजनीति गरेको भए सो विषय किन उठाउथे । मलाई ज्ञापन पत्र दिनुपर्यो भनेर फोन आयो, भीसेनदास सिंहको, मलाई ज्ञापन पत्र दिने कुरा हुनुभन्दा पहिला मेयर ज्यू संग कुरा हुँदा उप मेयरलाई दिनु भन्नु भएको रहेछ ।

    जनतासहित आएको त्यो जुलुसको अगाडि म गएको हो, ज्ञापन पत्र लिएपछि आफ्नो व्यक्तिगत धारणा राखेको हो । त्यति खेर मैले मनोज भेटवालले त्यतिकै सटर राखेको होईन, उसलाई ग्रिन सिंगन्ल दिने अरु कोही छ भनेको हो । त्यसमा मैले मेयेर ज्युलाई इंिगत गरेको छैन ।

    जबसम्म जनताले यो विषय उठाएन त्यतिबेलासम्म महानगर मौन रह्यो नि होइनर ? आफ्नो नगर भित्र अवैधानिक काम भएको छ भन्ने यहाँहरुलाई थाहा नभएको नै हो र ?

    नगर परिषद् हुनु एक दिन अगावै चैत्र २३ गते मेरो टोलवासीले धमाधम सटर निर्माण भएको छ भन्ने कुरा आएपछि मैले आफ्नो मातहतका मानिसहरु पठाए त्यसपछि आधिकारिक रुपमा पुष्टि भयो । भोलिपल्ट नगरसभामा मैले मेयरसाबलाई सो कुरा भने, रत्नपार्क एरियामा राखिएको पसलहरुको कारण अपराध तथा विक्री बढीरहेको छ ।

    झन् अर्को सटर तथा पसलहरु राखिएपछि नगरपालिको सौन्दर्य पनि बिग्रिने भयो । त्यहाँ सटर राख्नलाई कस्ले आधिकारिकता कस्ले दियो भन्ने प्रश्न उठाउदा उल्टो मेयर ज्यूले मलाई तपाई अनुगमनमा गएर मलाई रिपोर्ट नबुझाउने भन्नुभयो । अरु केही माग्नु भएन् । आधिकारिक रुपमा मलाई केही माग्नु भएन ।

    केहीदिन पछि म भारतको नयाँ दिल्ली जाने कार्यक्रम थियो, ५ गतेमात्र फर्किए । त्यति खेरपनि मैले खुल्लामञ्चको जग्गाको विषय उठेको छ, भन्दा उहाँले फोनमा नै तपाई अनुगमन समूहको संयोजक हो, तपाई गएर यस्सो अनुगमन गर्नुहोस् र प्रतिवेदन पेश गर्नुहोस् न भन्नुभयो ।

    त्यसलाई आधिकारिक भन्न मिल्दैन नि, म पनि एउटा उपमेयर होनि, मेरो पदलाई उहाँले बुझ्नु पर्यो नि । यसो गर त्यसो गर भन्नलाई म पिउन त होइन, आधिकारिक रुपमा चिठ्ठी पठाउनु पर्यो नि । अस्ति फोनमा भनेको कुरा आज पठाए जस्तै अस्ति चिठ्ठी पठाउनु पथ्र्यो नि । कानुनी रुपमा अनुगमन समितिमा के के हुन्छ भन्ने जानकारी हुनुपर्यो नि मेयर साबलाई ।

    कानुनी रुपमा अनुगमनको जिम्मा तपाई माथि नै छ नि ?

    कानुनी रुपमा अनुगमनको जिम्मा मेरो हो । अनुगमन भनेको काठमाडौँ महानगरपालिका भित्र वडा कार्यालयको बजेट कसरी खर्च भइरहेको छ सहकारी, एनजिओ, स्वास्थ्य, शिक्षाको विषय हेर्ने हो । यो विषयको अनुगमनको लागि मेयर सावले मलाई आधिकारीक रुपमा पठाउनु पर्छ ।

    अब डोजर चलाईन्छ भन्नु भएको छ नि ?

    हो, उस्लाई ७ दिनको अल्टिमेटम दिने र हटाएन भने डोजर चलाउने हो । आज मेयर ज्यूले भन्नुभयो मैले यो विषय हिजै भनेको हुँ । खुल्लामञ्चलाई खुल्ला नै छाड्न पर्छ । अब मेयर र उपमेयर मिलेर काम गर्नु पर्छ । एकले अर्कोलाई दोषारोपण गर्नु भएन ।

    भेटवाल समुहले त सटर निर्माणको लागि सम्झौता भएको छ भन्छ नि ?

    हो उनीहरु संग सम्झौता भएको हो । तर उनीहरुसंग सम्झौतामा सटर निर्माणको लागि पनि प्रावधान राखिएको छ । सम्झौतामा ५, ६ ओटा सटर राख्न पाउने भन्ने छ । त्यसमा पनि काउन्टर, फार्मेसी, चमेना गृह, सार्वजनिक शैचालय राख्ने कुरा भएको हो । तर मनलागी रुपमा सटर निर्माण गर त भनेको छैन ।

    काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिबीच २२ फागुन २०७१ मा भ्यू टावर निर्माणसम्बन्धि काम भए पनि काम अर्कै हुँदा महानगर चुपचाप बस्नुले महानगर तथा जनप्रतिनिधिको पनि मिलेमत्तो छ भन्ने देखिदैन र ?

    हो, कुरा यहाँनेर आएको छ, २०७१ सालमा सम्झौता भएको कम्पनीले यस अघि किन सटर निर्माण गरेन । चाहेको भए त उसले यस अघि नै सटर बनाएर बेच्न सक्थ्यो नि । अहिले आएर कस्ले अनुमति दियो । त्यहाँ पसल खडा गर्नको लागि ग्रिन सिंग्नल दियो । भेटवाल समुहलाई म दोषी देख्दिन, बसी बसी करौडौँ आउछ भने त गर्ने नै भयो । त्यसमा ग्रीन सिंग्नल दिने मान्छे दोषी हो ।

    महानगरले अवैधानिक सटर भएको र हटाउछौँ भन्दा पनि कम्पनीको अटेरीपनाले महानगर भन्दा पनि शक्तिशाली त कम्पनी देखियो नि होइन् र ?

    महानगर चुपचाप बसेपछि त उ शक्तिशाली देखिने नै भयो नि । आज मेयर सावले मलाई दोष लगाउनु भयो । यसअघि मेरो टोलको मान्छेले मलाई आएर भने, मेयर सावलाई पनि कसैले भनेन होला र ? उहाँ चुप लाग्नुको कारण के त ? उहाँले मलाई दोष लगाउनु हुन्छ भने दोष लगाउनु मेरो पनि बाध्यता हो । भेटवाल समूहलाई कसैले ग्रीन सिंग्नल दिएको छ र उ चुप छ ।काले काले मिलेर खाउ भाले भन्ने नियतले कसैले काम गरेको छ भने त्यो सपना तुहिन्छ ।

    रानीपोखरी पुननिर्माणमा पनि मेयर र तपाईबीच टकरावअहिले पनि उस्तै आखिर बेलाबेलामा यस्तो टकाराव आइरहनुको कारण चै के हो ?

    आफु खुसी काम गरेपछि विवाद त आउने नै भयो नि । उहाँको आफु खुसीले महानगर कहाँ चल्छ । उहाँले मलाई राजनीति गर्यो भन्ने आरोप लगाउनु हुन्छ ।उहाँले जे गल्ती गरे पनि चुप लागेर बसे भने म उपप्रमुख भएको के काम । मैले वैधानिक र राम्रो संग कम गरौँ भन्दा राजनीति गर्यो भन्न मिल्छ । केही सूचना नदिने कहाँ हुन्छ ।

    खुल्ला मञ्चको विषयमा यतिधेरै चर्चा भएको छ, अबको महानगरको काम के हुनेछ ?

    आधिकारिक रुपमा मलाई चिठ्ठी आएको छ, अब मैले अनुगमन गर्छु । मैले आइतबारको बैठक बोलाएको छु । अनुगमन टोली कानुनका विज्ञ व्यक्तिहरु बसेर बैठक बसेर भ्याएसम्म फिल्डमा सबैजनाई लिएर जाने छु । हामी भेटवाल समुहलाई ७ दिनको अल्टिमेटम दिन्छौँ । सो समयमा उनीहरु आफै भत्कायो भने भत्कायो नत्र महानगरले डोजर नै चलाउछ । यसमा दुइमत छैन ।

    प्रतिकृया दिनुहोस्

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१

    कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार...

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal