काठमाडाैं, १३ बैशाख : दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फोरममा सहभागी हुन चीन गएकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भाषामा सम्बोधन गरेकी छन्। सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कनेक्टिभिटीमा जोड दिएकी छन्।
राष्ट्रपति सी जिनपिङले बीआरआई परियोजनाबाट मानव जातिको भविष्य निर्माणमा पहलकदमी लिएका छन्,’ राष्ट्रपति भण्डारीले आफ्नो सम्बोधनमा भनेकी छन्।
संरक्षवादी प्रवत्ति विश्वमा बढ्दै गएको बताउँदै राष्ट्रपति भण्डारीले आफ्नो सम्बोधनमा यसले भावि पुस्तालाई फाइदा नपु-याउने भन्दै खुला विश्वको पक्षमा आफ्नो मत जायर गरेकी छन्। दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फोरममा सहभागी हुन वैशाख ११ गते राष्ट्रपति भण्डारी चीन प्रस्थान गरेकी थिइन्।