News Portal

लम्की बजारको गुट्खा उद्योगमा बम विष्फोट

दीपक उपाध्याय
६५४ पटक

२४ साउन, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका- १ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूले सकेट बम विष्फोट गराएको छ । बिहीबार विहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै बम विष्फोट भएको हो ।

ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानीय त्रसित भएका छन् । विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षती भएपनि अन्य कुनै क्षती नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।

बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । उद्योग संचालक यज्ञबहादुर वलीले अहिलेसम्म कुनै व्यक्ति वा समूहबाट चन्दा लगायत आर्थिक सहयोगका लागि कुनै फोन वा पत्र केही पनि नआएको बताए ।

यही साउन २ गते समेत उक्त उद्योगमा अज्ञात समूहले २ वटा सकेट बम राखेको थियो । उक्त बमलाई सेनाको निष्कृय पारेको थियो ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...