News Portal

सरकारले औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार गर्‍यो : सांसद मल्ल

हिमाली संचार संवाददाता
४८० पटक

डडेल्धुरा, १३ बैशाख : सुदूरपश्चिम प्रदेश सभाका सांसद एवं नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले सरकारले औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । उनले कुनै दिन मसानघाटमा समेत भ्रष्टाचार भएको सुन्न पाइने बताए ।

तेश्रो अधिवेशन अन्त्य हुनुपूर्व बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै उनले सरकारले औषधिदेखि पेन ड्राइभ, फोटोकपी पेपर र अक्सीजन प्लान्टमा करोडौंको भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । ‘यस्ता कुराहरु पटक-पटक संसदमा उठाउँदा समेत सरकारका मन्त्रीहरुले जवाफदेहीता देखाएनन् । अब कुनै दिन प्रदेश सरकारले मसानघाट र प्रसूति गृहमा समेत भ्रष्टाचार गरेको सुन्न पाइनेछ ।

वैशाख १२ गते आइपुग्दासम्म विकास निर्माणका कुराहरुमा अख्तियारी नदिइएको गुनासोसमेत उनले गरे । ‘पटक-पटक संसदमा कुरा आउँदा समेत विकास निमार्णमा छुट्टयाएको रकममा अख्तियारी दिइएन,’ उनले थपे ।

उनले दैवीप्रकोप, विपद् तथा दुर्घटनामा राहतका कुरालाई सरकारले उपहास गरेको आरोप समेत लगाएका थिए । उनले सार्वभौम संसदलाई उपेक्षा गर्ने सरकारको शैलीलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने भन्दै सत्तापक्षलाई जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण पनि गराए ।

‘हामीले पहिलो र दोस्रो अधिवेशन धेरै वेथितिका कुराहरु संसदमा उठाएका थियौं, तर सरकार पक्षका सांसदहरुले त्यसमा रक्षाकवचका रुपमा उत्रिएर बचाउ गरेर हामीलाई ओझेलमा पारेे,’ उनले भने, ‘यस्तै हो भने दुई तिहाइको दम्भ देखाइरहेको सरकारको हालत पाकिस्तानमा दुई तिहाइको सरकार बनाएका नवाज शरीफलाई जनताले ढलाएको जस्तो हुनेछ ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...