News Portal

सरकार हरेक क्षेत्रमा असफल : महामन्त्री सिंह

हिमाली संचार संवाददाता
३७१ पटक

रुपन्देही, १२ बैशाख : नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले सरकार आफ्नो काममा असफल भएको बताएका छन्। सुशासन र भ्रष्टाचार नियन्त्रण असफल भएको उनको टिप्पणी छ। रिपोर्टर्स क्लब प्रदेश ५ कार्यालय बुटवलमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा महामन्त्री सिंहले हरेक क्षेत्रमा सरकार असफल भएको आरोप लगाएका हुन्।

‘निर्मला हत्याकाण्डलगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिन्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने भ्रष्टाचारीलाई कारबाही नगर्ने, राष्ट्रियताविरुद्धमा नागरिकता विधेयक ल्याउने कामले सरकार असफल भयो’, उनले भने।

महामन्त्री  सिंहले लोकतन्त्र, गणतन्त्रका विषयमा सरकारको नीति स्पष्ट नभएको बताए। यो सरकार राष्ट्रियताको अडानले सत्तामा आएको स्मरण गर्दै अहिले राष्ट्रियता कहा हरायो? भन्दै प्रश्नसमेत गरे।  ‘राष्ट्रियताको विषयमा सरकारले ढुलमुलको नीति अवलम्वन गरेको छ, नागरिकता विधेयक र गृह मन्त्रालयको सर्कुलरले राष्ट्रियताको धज्जी उठाएको छ’,उनले भने।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...