News Portal

वडासदस्य दर्लामीको दादागिरी, शिक्षकहरु आतंकित

हिमाली संचार संवाददाता
५९६ पटक

सुर्खेत, ११ बैसाख : सुर्खेतको बीरेन्द्रनगर नगरपालिका –१२, का वडासदस्य रामकुमार दर्लामीले अमर ज्योति नमुना माध्यामिक विद्यालय नेवारेका प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की दिएका छन् । बुधवार दिउँसो कार्यकक्षमै पुगेर उनले प्रधानाध्यापक खगेन्द्र थापालाई ज्यान मार्ने धम्की दिएका हुन ।

आफुले भनेको काम नगरेको भन्दै दर्लामीले आफुमाथी हातपातको प्रयास गदै ज्यान मार्ने धम्की दिएको थापाले बताए । सदस्य दर्लामीले प्रवेस परिक्षा नदिएका विद्यार्थीलाई भर्ना गर्न वारम्वार अनावश्यक दवाव दिदै आएको पनि बताए । आफुले भनेको कुरा नमानेको भन्दै प्रधानाध्यापक थापालाई हातपात गर्न खोजेपछि दर्लामीलाई विद्यालयका शिक्षक र कर्मचारीले रोकेका थिए ।

दर्लामीको हर्कतपछि विद्यालयले संचालन गरेको विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको विद्यालयले जनाएको छ । भर्नाको लागि आवश्यक कागजपत्र नपुगेका र प्रवेस परिक्षा पनि नदिएका विद्यार्थीलाई दर्लामी भर्ना गर्न दवाव दिएका थिए । उनले प्रधानाध्यापकलाई म को हुँ, मैले भनेको नमान्ने, तँ को होस भन्दै ज्यान मार्ने धम्की दिएका थिए । उनले केही दिन अघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा विद्यालयका शिक्षकलाई कुटपिट गर्ने धम्की दिदै आएको गाउँलेहरुले बताएका छन् ।

निर्वाचित जनप्रतिनिधीले नै विद्यालयमा पुगेर ज्यान मार्ने धम्की दिएपछि विद्यालयकाक शिक्षक कर्मचारी आतंकित भएका छन् । उनीहरुले सुरक्षाको माग गदै प्रहरी प्रशासन गुहारेका छन् । जीउज्यानको सुरक्षा गर्न माग गदै बीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा जानकारी दिएको जनाएका छन् । यता विद्यालयले भने प्रवेस परिक्षा नदिएका विद्यार्थीलाई पनि कसरी भर्ना गर्न सकिन्छ भन्ने बारेमा छलफल भैइरहेको जनाएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणी पोख्रेलले धम्की दिने व्यक्तिलाई कारवाहीको लागि आवश्यक निर्देशन दिइसकेको बताए । सुर्खेतका प्रहरी प्रमुख बसन्त रजौरेले अहिलेसम्म उजुरी दर्ता नभएको भन्दै उजुरी दर्ता हुन वित्तिकै कानुनी कारवाही गरिने बताए ।

यता वडासदस्य दर्लामीले भने आफुले प्रधानाध्यापक माथी अभद्र व्यवहार नगरेको दावी गरे । उनले भने म जनप्रतिनिधी भएकोले मेरो वडाको विद्यालय जान नपाउने ? यदि मैले ज्यान मार्ने धम्की दिएको भए, प्रधानाध्यापकले पुष्टी गर्नुहुन्छ होला त ?

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...