News Portal

तीन दिनभित्र दोषी पत्ता लगाउने सहमतिमा पथरी आन्दोलन स्थगित

हिमाली संचार संवाददाता
४५२ पटक

पथरी : मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ । मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी आन्दोलन फिर्ता लिएको र सडकको अबरोध हटेको उपमेयर यमुना बिष्ट बाँस्तोलाले जानकारी दिईन ।

घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल सोमबार साँझ नै पक्राउ परिसकेका छन । प्रहरी र स्थानीय बासिन्दा बिच मंगलबार दिउँसो भएको झडपमा ५ जना स्थानीय घाईते भएका छन । सोही घटनामा टाउकोमा चोट लागी गम्भिर घाईते भएका स्थानीय गोपाल विक र सुदीप राई लाई विराटनगर लगिएको छ भने मन्जु पौडेल, जीतबहादुर लावती र ज्ञानेन्द्र विष्टको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयको भिडलाई तितरबितर पार्न प्रहरीले मध्यान्ह हवाई फायर र दिउँसो २ बजे अश्रुग्याँस प्रहार गरेको थियो । नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिना बस्नेतको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा प्रहरीले हवाई फायर गरेको थियो ।

शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय सोमबार देखि थप आन्दोलित भएका थिए । बजार सहित पुर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेको र प्रर्दशनका क्रममा प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका हुन । हवाईफायर पछि स्थानीयले सडकमा टायर बालेर प्रहरीबिरुद्ध नाराबाजी समेत गरेका थिए ।

स्थानीयले नगरपालिका कार्यलयमा ताला लगाएर आन्दोलन शुरु गरिरहेका बेला प्रहरीले ज्यादती गरेको र अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले नगरपालिकाको गेट फोडी भित्रै नाराबाजी गरेका थिए । दिनप्रतिदिन हत्या र हिंसा बढेको र प्रहरीले सुरक्षा प्रदान गर्न नसेकेको भन्दै सोमबार पथरीका स्थानीयले कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका थिए ।

भिड नियन्त्रण बाहिर गएपछि संर्घष समितिकी संयोजक पराजुली पथरीशनिश्चरेकी उपमेयर यमुना बिष्ट बाँस्तोला र प्रशासनका बिच बार्ता भएको छ । बार्तामा घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही लगायतका बिषयमा सहमति भएको छ । शनिबार बिहान पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको नग्न अबस्थामा शव भेटिएपछि पथरीबासी थप आन्दोलित भएका थिए । पथरीमा यसअघि पनि सोही प्रकृतिका ५ वटा घटना भईसकेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...