News Portal

  • घटना लुकाउँदै नेकपाका सांसद रोकाय

    हिमाली संचार संवाददाता
    ३४५ पटक

    कमल न्यौपाने
    नेपालगन्ज, १० बैशाख : स्वस्तिका लिम्बुको न्यायका लागि गठित संघर्ष समितिका संयोजक लालमणि सारू घटनाको अवस्था प्रकृति हेर्दा स्वस्तिकाको आत्महत्या नभई हत्या गरिएको बताउँछन् ।
    स्वस्तिकाका श्रीमानले नै हत्या गरेको बताउँदै सारुले उक्त घटना नेकपाका सांसद नन्दलाल रोकायले राजनीतिक दबाब र संरक्षणमा लुकाउँन खोजेको आरोप लगाएका छन् ।

    स्वस्तिकाको हत्यामा संलग्न भनिएका मुकेश बुढाथोकी (आशिष) का मावली हजुरबुबा सांसद रोकायले आफनो नातीले हत्या गरेको घटनालाई आत्महत्या भन्दै राजनीतिक प्रभावमा ढाकछोप गर्न लागेको पीडित परिवारको भनाई छ ।

    बैशाख १ गते भृकुटीनगरस्थित आफ्नै निवासमा रहस्यमय मृत्यु भएकी १९ वर्षीया स्वस्तिकाको श्रीमानले नै हत्या गरेको माईती पक्षले आरोप लगाउँदै आएको छ । श्रीमान आशिष भनिने मुकेश बुढा क्षेत्री बिरुद्ध किटानी जाहेरी पनि दिएको छ । मुकेश अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

    सांदद नन्दलाल रोकायाका नाती पर्ने मुकेशलाई राजनीतिक दवावमा उन्मुक्ति दिने प्रपञ्च भईरहेको भन्दै परिवारजनले निष्पक्ष छानबिनको माग गरेका छन् । प्रारम्भीक छानबीन तथा अनुसन्धानले आतम हत्या नभई हत्या गरेको प्रष्ट भएपनि पोष्र्टमाटम रिर्पोट चित्त बुझदो नआएको पीडित परिवार बताउँछन् । प्लाष्टिकको रसीले बेरेर हत्या गरिएको छ संयोजक सारूले भने ‘पाखुरा, कान, ढाँड, घाँटी लगायत शरिरका विभिन्न अंगमा चोट निलडाम छन् तर, रिर्पोटमा सामान्य चोट पटक भनेर लेखिएको यो कसरी हुन्छ ?

    उनले अस्पतालको रिर्पोट समेत सांसद रोकायको दबाब र प्रहरी निरीक्षक दीपक मल्लको निर्देशनमा डाक्टरले गलत बनाएको आरोप लगाएका छन् । पोष्र्टमाटम गर्दा तीन जना डाक्टर सहभागी रहेपनि रिर्पोटमा सात जनाको हस्ताक्षर गरिनु, शरिरभरी निलडाम हुँदा समेत सामान्य चोटपटक लेखिनु यसमा सांसद रोकायको चलखेल देखिन्छ पीडित परिवारका सदस्य भन्छन् ‘उक्त रिर्पोट डाक्टरदेखि सांसद र प्रहरीको समेत मिलेमतोमा बनेको छ ।

    स्वस्तिकाको हत्यालाई कृत्रिम आत्महत्या बनाई घटना ढाकछोप गर्न सांसद रोकाय हात धोएरै लागिपरेको मृत स्वस्तिकाका बुबा विनोद लिम्बुले बताए । उनकाअनुसार स्वस्तिकाको हत्या उनकै श्रीमान् आशिषले कुटपीट गरेर गरेको हो । आशिषका आफन्तले उक्त घटना अघि बढाएर मार्ने धम्की समेत दिइसकेको स्वस्तिकाका बुबा लिम्बुले बताए ।

    मृतक स्वस्तिकाको न्यायका लागि संघर्ष समिति नै बनाएर न्यायको माग गरिरहेका पीडितहरूले राजनीतिक संरक्षणमा घटना ढाकछोप गर्न खोजिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । सांसद रोकाय नै हत्या जस्तो घटना लुकाउन र हत्यारालाई बचाउन लागेको भन्दै उनीहरूले आफूहरू असुरक्षित भएको महशुस गरिरहेका छन् ।

    पीडितहरूले सत्यतथ्य छानबिन गरी दोषीमाथी तत्काल कानूनी कारवाही गर्न माग गरेका छन् । पीडितहरूले दोषीलाई आजीवन कैद गर्नुपर्ने बताएका छन् । यता नेकपाका सांसद नन्दलाल रोकायले आशिष भनिने मुकेश बुढाथोकी आफ्नो नाती भएको स्वीकादैं उक्त घटनामा आफूले कुनैपनि खालको राजनीतिक दबाब नदिएको बताएका छन् । मैले कुनै दबाब कसैलाई पनि दिएको छैन् उनले भने ‘बरू सत्यतथ्य छानबिन गरी कानून अनुसार अघि बढ्न प्रहरीलाई भनेको छु ।’ उनले उक्त घटनामा आफूमाथि लगाईका सबै खाले आरोप गलत भएको बताएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ३ गतेको राशिफल

    आज असोज ३, २०८२ (सेप्टेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ओली सेनाको सुरक्षाबाट बाहिरिए

    काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको...

    रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु

    मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः...

    हर्क–बालेन विवाद सामाजिक सञ्जालमा तातियो

    काठमाडौं, असोज २ – २०७९ सालको स्थानीय निर्वाचनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं...

    विदेशमा रहेका नेपालीले मतदान पाउनु पर्छ : गृहमन्त्री अर्याल

    काठमाडौं, असोज २ – गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले यसपटक मतदान गर्न...