News Portal

युवा नेता गगन थापाले भोलि सुर्खेतमा सम्बोधन गर्ने

हिमाली संचार संवाददाता
५९७ पटक

(फाइल तस्बिर)

सुर्खेत, १० बैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलीदेखी देशभर राष्ट्रिय जागरण अभियानको सुरु गर्ने भएको छ। सुर्खेतमा हुने कार्यक्रमलार्इ नेपाली काँग्रेसका कोषाध्यक्ष सितादेबी यादब र केन्द्रिय सदस्य गगनकुमार थापाले सम्बोधन गर्ने कांग्रेस सुर्खेतले जनाएको छ।

जागरण अभियानको भोली बिहान १० बजे पाटी कार्यलयमा उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले जनकारी दिनुभयाे । जेठ ११ गते सम्पन्न हुने प्रथम चरणको कार्यक्रममा हिमाल, पहाड, तराई–मधेशका लागि ७७ वटै जिल्लामा प्रतिनिधिहरु खटाइएको छ।

सरकारले संघीयताको मर्म अनुसार काम गर्न नसकेको कुरा आम जनतालाई जानकारी दिने उदेश्यले राष्ट्रिय जागरण अभियान संचालन गर्न लागिएको काँग्रेसले जनाएको छ।

तीन चरणमा सञ्चालन हुने राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो चरणको एक महिने कार्यक्रम ७७ जिल्लामा हुनेछ। त्यसैगरी दोस्रो चरणको कार्यक्रम भदौ २३ गतेदेखि असोज ७ गतेसम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुसको दोस्रो साता सबै पालिकामा हुने पनि कांग्रेसले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...