News Portal

११ बर्सिया भावाना बनिन बालिकाको आमा (भिडियो हेर्नुहोस)

हिमाली संचार संवाददाता
४७३ पटक

बर्दिया, १० बैशाख : गेरुवा गाउँपालिका- ४ खोनपुर बर्दियाकी भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते जन्मिए की बस्नेतले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्।

घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिम पूर्ण अबस्थामा छ। यतिखेर बस्नेतको शरीर सुन्निने र ज्वरो आउने समस्याबाट निकै पीडित छिन्। गाउँकै सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्द रावतसँग शारीरिक सम्बन्धले भावनालाई यतिखेर कष्ट पूर्ण अवस्थामा पुर्‍याएको हो। एउटै विद्यालयमा पढ्दै गरेका भावना र नन्दको पछिल्लो अवस्थाले अरुको पनि निकै मन पिरोल्ने गरेको छ ।

शारीरिक, मानसिक तथा आर्थिक रुपमा परिपक्व भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ भनिन्छ तर उनीहरुको अवोध सम्बन्धले विवाह पूर्व कलिलो उमेर मै सन्तान जन्मियो । नन्द र भावनाको सम्बन्धबाट जन्म लिएकी पुर्णिमाको स्वास्त्य अवस्था पनि निकै दयनिय छ । भावानालाई अहिले सुत्केरी अवस्थाको पीडा त छदैछ अर्को तिर उनलाई आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न समेत धौधौ छ। सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानु पर्छ तर आर्थिक अभावका कारण पौष्टिक आहार त के सामान्य पेटभरि खान समेत पाएकी छैनन्।

भावना अहिले माइतीले राखेको सानो छाप्रोमा बसेकी छिन भने जन्मिएको सन्तानका बाबु अर्थात नन्द भने काम गर्न काठमाडौँ छिरेका छन् । मालिकाफाँटा गाउँपालिका जुम्ला स्थित घर भएका नन्दको आमा सानैमा बितेको र बावुले दोस्रो विवाह गरेपछि उनी बर्दिया स्थित दिदीको घरमा बसेर पढ्दै आई रहेका थिए । भावना रुदै पिडा पोख्छिन ,’ घर पनि छैन, माइतीको पुरानो भान्छाको छाप्रोमा एक्लै बस्दै आएकी छु। जुम्लामा रहेको घर सम्पत्तिको बारेमा केही थाहा नभएको उनले बताउछिन ।

भावनाको बच्चा जन्मे पछि माइतीमा किचलो भएकाले सुत्केरीको उचित स्याहार सुसार हुन् नसकेको समेत उनि बताउछिन । भावना भन्छिन,’ स्वास्थ्य निकै अस्वस्थ छ, बच्चा पनि बिरामी भई रहन्छ नानुको कसरी रेखदेख गर्न नै गार्हो छ, कतै गैर उपचार गरौ भने पैसा छैन ‘ अहिले यस्तो दर्दनाक अबस्थाका बिचमा बसी रहेकी भावाना कोहि कतै सहयोगी मनहरुको सहयोग अपेक्षा सहित भौतारीइ रहेकी छिन।

भिडियो हेर्न तल गर्नुहोस।

https://youtu.be/Wcu5ytWbxuU

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...