News Portal

११ बर्सिया भावाना बनिन बालिकाको आमा (भिडियो हेर्नुहोस)

हिमाली संचार संवाददाता
५१० पटक

बर्दिया, १० बैशाख : गेरुवा गाउँपालिका- ४ खोनपुर बर्दियाकी भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते जन्मिए की बस्नेतले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्।

घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिम पूर्ण अबस्थामा छ। यतिखेर बस्नेतको शरीर सुन्निने र ज्वरो आउने समस्याबाट निकै पीडित छिन्। गाउँकै सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्द रावतसँग शारीरिक सम्बन्धले भावनालाई यतिखेर कष्ट पूर्ण अवस्थामा पुर्‍याएको हो। एउटै विद्यालयमा पढ्दै गरेका भावना र नन्दको पछिल्लो अवस्थाले अरुको पनि निकै मन पिरोल्ने गरेको छ ।

शारीरिक, मानसिक तथा आर्थिक रुपमा परिपक्व भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ भनिन्छ तर उनीहरुको अवोध सम्बन्धले विवाह पूर्व कलिलो उमेर मै सन्तान जन्मियो । नन्द र भावनाको सम्बन्धबाट जन्म लिएकी पुर्णिमाको स्वास्त्य अवस्था पनि निकै दयनिय छ । भावानालाई अहिले सुत्केरी अवस्थाको पीडा त छदैछ अर्को तिर उनलाई आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न समेत धौधौ छ। सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानु पर्छ तर आर्थिक अभावका कारण पौष्टिक आहार त के सामान्य पेटभरि खान समेत पाएकी छैनन्।

भावना अहिले माइतीले राखेको सानो छाप्रोमा बसेकी छिन भने जन्मिएको सन्तानका बाबु अर्थात नन्द भने काम गर्न काठमाडौँ छिरेका छन् । मालिकाफाँटा गाउँपालिका जुम्ला स्थित घर भएका नन्दको आमा सानैमा बितेको र बावुले दोस्रो विवाह गरेपछि उनी बर्दिया स्थित दिदीको घरमा बसेर पढ्दै आई रहेका थिए । भावना रुदै पिडा पोख्छिन ,’ घर पनि छैन, माइतीको पुरानो भान्छाको छाप्रोमा एक्लै बस्दै आएकी छु। जुम्लामा रहेको घर सम्पत्तिको बारेमा केही थाहा नभएको उनले बताउछिन ।

भावनाको बच्चा जन्मे पछि माइतीमा किचलो भएकाले सुत्केरीको उचित स्याहार सुसार हुन् नसकेको समेत उनि बताउछिन । भावना भन्छिन,’ स्वास्थ्य निकै अस्वस्थ छ, बच्चा पनि बिरामी भई रहन्छ नानुको कसरी रेखदेख गर्न नै गार्हो छ, कतै गैर उपचार गरौ भने पैसा छैन ‘ अहिले यस्तो दर्दनाक अबस्थाका बिचमा बसी रहेकी भावाना कोहि कतै सहयोगी मनहरुको सहयोग अपेक्षा सहित भौतारीइ रहेकी छिन।

भिडियो हेर्न तल गर्नुहोस।

https://youtu.be/Wcu5ytWbxuU

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...