News Portal

हिमाली जिल्ला डोल्पाका ग्रामीण बस्तीका जनता प्रविधिसँग जोडिँदै

हिमाली संचार संवाददाता
५२१ पटक

विष्णुप्रसाद देवकोटा
डोल्पा, १० बैशाख : उमेरले ६५ वर्षका भएका आइते रोकाया मंगलबार निकै खुसी थिए। साविकको माझफाल गाविस हालको ठूलीभेरी नगरपालिका ६ का उनलाई पहिलो पटक घरबाटै काठमाडौंमा रहेका आफन्तसँग मोबाइलमा कुरा गर्न पाउँदा हर्षको सीमा रहेन।

उनीमात्र होइनन् शिक्षक हचिन्द्र बुढा पनि औधी खुसी थिए। फोन गर्न हिँडेरै सदरमुकाम दुनै जानुपर्ने बाध्यता थियो। उनले भने, ‘अब त गाउँमै मोबाइल टावर बन्यो, घरभित्रबाटै ढुक्कले आफन्तसँग भलाकुसारी गर्न पाइने भयो।

ठूलीभेरी नगरपालिका ६ मा पर्ने रिनपुले डाँडामा नेपाल टेलिकमको नमस्ते मोबाइल सेवाको बीटीएस स्थापना गरेपछि माझफालबासीको हजारौं वर्ष अघिदेखिको मोबाइल फोन प्रयोग गर्ने सपना पूरा भएको हो। पिछडिएको दुर्गमबस्ती माझफाल, थरगाउँ र काँडातालीवासीले एक वर्षसम्मको प्रयासपछि नेपाल टेलिकमको बीटीएस प्रणालीबाट लाभान्वित हुन पाएका छन्।

पछिल्लो समय हिमाली जिल्ला डोल्पाका दुर्गम ग्रामीण बस्तीका जनता सञ्चार प्रविधिसँग जोडिँदै जाने क्रम जारी छ। हुवावे कम्पनीले माझफाल क्षेत्रमा सञ्चार सुविधा पु¥याउने जिम्मेवारी पाएको थियो। माझफाल क्षेत्रका ३ हजार बढी जनता सञ्चार पहुचमा पुगेको बताउँदै बर्षौदेखिको घरमै बसेर गाउँलेले आफन्तसँग भलाकुसारी गर्ने दिनको प्रतिक्षाको अन्त्य भएको विद्यार्थी नेता योगेन्द्र बुढाले बताए।

एक साताअघि मात्र युवा विद्यार्थी नेता बुढाले मोवाइल टावरका लागि आवश्यक पर्ने सामाग्रीहरु हवाई चार्टर गरेर ल्याएका थिए। मंगलबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको नमस्ते मोबाइल टावर माइक्रोवेभ लिंकमा जोडिएको छ।

फोन र टुजी इन्टरनेटसमेत चलाउन पाउने गरी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम डोल्पाका प्रमुख दयाविक्रम केसीले नागरिक न्युजलाई बताए। नमस्ते मोवाइल सेवा सुचारु भएको अवसरमा गाउँमा खुसियाली कार्यक्रम राखिएको सुनिता बुढाले बताइन्।

डोल्पाको ३७ हजार ७ सय जनसंख्यामध्ये झण्डै २६ हजारको हाराहारीले सञ्चार प्रविधिको उपयोग गरिरहेका छन्। तल्लो र मध्य डोल्पाका अधिकांश जनताहरुले मोवाइल सेवाको पहुचमा पुगे पनि उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्धबाहेक अन्य बस्ती मोबाइल सेवाबाट वञ्चित छन्।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...