News Portal

  • राप्रपालाई वार्ताका लागि सरकारको पत्र

    हिमाली संचार संवाददाता
    ३८६ पटक

    ८ बैशाख, काठमाडौं : हिन्दुराज्य र राजतन्त्र र संघीयताबारे जनमतसंग्रहको माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारले वार्तामा बोलाएको छ। औपचारिक वार्ताका लागि कानूनमन्त्री भानुभक्त ढकालले राप्रपालाई सरकारको तर्फबाट आइतबार पत्र पठाएका छन्।

    मन्त्री ढकालले सरकारले आफूलाई सरकारले वार्ताको जिम्मेवारी दिएको पत्रमा उल्लेख गरेका छन्। सरकारले बैशाख १० गते १ बजे सिंहदरवारमा राप्रपालाई वार्ताका लागि आउन आग्रह गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

    राप्रपाले वार्तामा बोलाउने सरकारको निर्णयको स्वागत गर्दै पार्टीका तर्फबाट वार्ता समिति गठन गर्न सोमबार कार्यसम्पादन समितिको बैठक बोलाइएको श्रेष्ठले जानकारी दिए।

    आज मात्रै सरकारका तर्फबाट वार्ताका लागि आह्वानसहितको पत्र आएको छ, हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं’ श्रेष्ठले भने,’भोली(सोमबार) दलको बैठक बसेर वार्ताका लागि कार्यदल बनाउँछौं।

    विभिन्न २२ बुँदे माग राखेर राप्रपा फागुन ७ गतेदेखि आन्दोलनमा छ। शनिबार पहिलो चरणको आन्दोलन सकिएको घोषणा गरेको राप्रपाले दोस्रो चरणका संघर्षका कार्यक्रम तय गर्न पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा कार्यदल बनाएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...