News Portal

बझाङमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु ७ घाइते

हिमाली संचार संवाददाता
५२३ पटक

शैलेन्द्र रोकाया
बझाङ, ८ बैशाख : खप्तड छान्ना गाउँपालिका नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जिप खप्तड छान्ना गाउँपालिकाको लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको छ । आईतबार भएको दुर्घटनामा दुलाहाको गाउँका ६५ बर्षिया बासुदेब जोशीको घटनास्थलमा मृत्यू भएको छ भने अन्य सात जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा चेतराज जोशी, गोकर्ण जोशी, नरेश प्रसाद जोशी, डम्मर प्रसाद जोशी, देबराज जोशी , सुकदेब जोशी र गाडी चालक जयराज जाशी रहेको प्रहरीले जनाएको छ। चेतराज जोशीको गम्भीर चोट लागेको भएपनि अन्यको अबस्था सामान्य भएको र स्थानीयले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पठाएको  मृतकका आफन्त ईश्वर प्रसाद जोशीले बताए ।

नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको उक्त गाडी गाउँबाट एक घण्टा हिडेपछि लामातोला नजिकै सडकको सतह चिप्लो भएको र ओरालो तथा कच्ची सडक भएको हुदाँ  दुर्घटना भएको प्रहरीले जनाएको छ । तमैलवाट छान्ना हुदै अहिले सेती लोकमार्ग र खप्तड पर्यटकिय सडकमो सडकमा जिपहरु चल्ने गर्दछन् ।

मृतक जोशीलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईएको छ । दुलाहा बलराम जोशीको बिबाह जयपृथ्बी नगरपालिकाको सुबेडामा आउने कार्यक्रम रहेको थियो । विवाहको जिप दुर्घटना भएर आफन्तको मृत्यु भएपछि विवाह स्थगित गरेको वताएको छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...