News Portal

बझाङमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु ७ घाइते

हिमाली संचार संवाददाता
४७७ पटक

शैलेन्द्र रोकाया
बझाङ, ८ बैशाख : खप्तड छान्ना गाउँपालिका नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जिप खप्तड छान्ना गाउँपालिकाको लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको छ । आईतबार भएको दुर्घटनामा दुलाहाको गाउँका ६५ बर्षिया बासुदेब जोशीको घटनास्थलमा मृत्यू भएको छ भने अन्य सात जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा चेतराज जोशी, गोकर्ण जोशी, नरेश प्रसाद जोशी, डम्मर प्रसाद जोशी, देबराज जोशी , सुकदेब जोशी र गाडी चालक जयराज जाशी रहेको प्रहरीले जनाएको छ। चेतराज जोशीको गम्भीर चोट लागेको भएपनि अन्यको अबस्था सामान्य भएको र स्थानीयले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पठाएको  मृतकका आफन्त ईश्वर प्रसाद जोशीले बताए ।

नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको उक्त गाडी गाउँबाट एक घण्टा हिडेपछि लामातोला नजिकै सडकको सतह चिप्लो भएको र ओरालो तथा कच्ची सडक भएको हुदाँ  दुर्घटना भएको प्रहरीले जनाएको छ । तमैलवाट छान्ना हुदै अहिले सेती लोकमार्ग र खप्तड पर्यटकिय सडकमो सडकमा जिपहरु चल्ने गर्दछन् ।

मृतक जोशीलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईएको छ । दुलाहा बलराम जोशीको बिबाह जयपृथ्बी नगरपालिकाको सुबेडामा आउने कार्यक्रम रहेको थियो । विवाहको जिप दुर्घटना भएर आफन्तको मृत्यु भएपछि विवाह स्थगित गरेको वताएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...