News Portal

कार्यकक्षमै मस्त निद्रामा पशुपन्छी सेवा कार्यालयका प्रमुख यादव !

हिमाली संचार संवाददाता
४१२ पटक

विराटनगर, ८ बैशाख : मोरङ उर्लाबारीस्थित पशुपन्छी सेवा कार्यालयका प्रमुख कार्यकक्षमा मस्त निद्रामा भेटिएका छन् । आइतवार दिउँसो कार्यालय समयमा पशु विकास अधिकृत श्यामानन्द यादव मस्त निद्रामा भेटिएका हुन् । कार्यलय समयमा सेवाग्रहीको चाप रहेकै बेला प्रमुख भने मस्त निद्रामा भेटिएका हुन् ।

रिपोर्टिङका लागि पुगेका पत्रकार हरि कोइरालाले कार्यकक्षमा निदाएको तस्वीर खिचेर सामाजिक सञ्जालमा सेयर गरेका छन् । ‘हामी रिपोर्टिङमा गएका थियो, निदाएको देखेपछि ४-५ मिनेट पर्खियाैं ,’ उनले भने ‘ नउठेपछि एक मिनेट जतिको भिडियो र फोटो खिच्यौं ।’ यादव निदाएको टेबल छेउको ढोकाबाट प्रवेश गरी दुई पटक खोकेपछि मात्र बिउँझिएको उनले बताए ।

उर्लाबारी नगरपालिका कार्यक्षेत्र रहेको सेवा कार्यालय ४ नम्बर वडामा छ । आइतबार गोबर परीक्षण गर्ने सेवाग्राहीको चाप बढी थियो । गोबर परीक्षण गर्दा टाउको दुखेपछि आफ्नो चेम्बरमा रेष्ट गर्दा पुगेका मान्छेले आफ्नो फोटो खिचिदिएको यादवले सुनाए ।

यहाँ धेरै सेवाग्राही आउनुहुदो रहेछ,’ उनले भने, ‘हेर्दा हेर्दै टाउको दुखेर रेष्ट गर्दा यस्तो भयो । कार्यकक्षमा सुत्ने ठाउँ नभएको बताउँदै उनले माइक्रोस्कोपमा पटक-पटक गोबर टेष्ट गर्दा टाउको दुखेपछि साथीलाई हेर्न लगाएर रेष्ट गरेको बताए ।

प्रतिकृया दिनुहोस्

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...