News Portal

  • सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस् : अध्यक्ष सिंह

    हिमाली संचार संवाददाता
    ४७२ पटक

    काठमाडाैं, ७ बैशाख : निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरेका छन् ।

    सिंहले राष्ट्र निर्माण गर्न र जनशक्तिकाे सदुपयाेग गर्न इर्न्जिनियरिङ क्षेत्रका युवा उद्यमीहरुलाई प्रोत्साहित गर्नुपर्ने बताउदै त्यसका लागि निर्ममाण व्यवसायी महासंघ पनि संगसँगै रहेको बताए । युवा इन्जिनियरहरुले सुरु गरेको भवानी ग्रुपको शनिवार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् ।

    नयाँ बर्ष २०७६ सालको शुभकामना आदानप्रदान तथा भवानी ग्रुपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्बृद्ध र सुखी नेपाल निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । त्यसका ललागि नेपाल सरकारले उचित बातावरण बनाउनु पर्ने उनको भनाई छ ।

    ‘नेपाललाई सम्बृद्ध र सुखी बनाउने जिम्मेवारी सबैभन्दा पहिले हामी पूर्वाधार उद्यमीहरुको काँधमा छ । यसका लागि उद्याेग पूर्वाधार मैत्री बातावरण सरकारले बनाउनु पर्छ ।’ उनले भने -‘त्यसका लागि हामीले बिभिन्न फोरममार्फत सम्माननीय प्रधानमन्त्रीसहित सरकारलाई अनुरोध गर्ने गरेका छाैं । ‘देश बिकाशका लागि निर्माण उद्यामी र इन्जिनियरहरु एक आपसमा सहकार्य गरेर जानुपर्नेमा उनले जोड दिए ।

    साथै पूर्वाधारको बिकाशका लागि पूर्वाधारमैत्री कानुन आउनुपर्ने उनले बताए । ‘ उनले भने- ‘पूर्वाधार ऐन ल्याउन २ तिहाईको सरकार सक्षम छ । त्यहि भएर पूर्वाधार खरिद ऐनलाई संसोधन गरेर नेपाललाई पूर्वाधार मैत्री बनाउने पूर्वाधार बिकाश र पूर्वाधारको कष्टलाई कम गर्न सकिन्छ भन्ने कुरामा गम्भीर हुनुपर्छ ।

    आम जनमनसामा पनि निर्माण उद्याेगीको बारेमा बिभिन्न भ्रम रहेको भन्दै त्यसलाई केलाएर त्यसका बिरुद्धमा आम उद्यमीहरुले आवाज बुलन्द पार्नुपर्ने बताए । साथै समाचारलाई सनसनीपूर्ण बनाउने उदेश्यले सामान्य त्रुटीहरुक्लाई पनि पत्रकारहरुले भयङ्कररुपमा प्रस्तुत गर्ने गरेको भन्दै दुखेसो पोखे । यस्ता विषयमा निर्माण उद्यमीहरु मौन बस्न नहुने उनको भनाई छ । भवानी ग्रुप जस्तो उद्यमशिल युवा इन्जिनियरहरुको जमातले निर्माण उद्याेगलाई भोलिको दिनमा शशक्तरुपमा अझै स्थापित गर्नुपर्ने बताए ।

    त्यस्तै कार्यकममा बोल्दै नेपाल इन्जिनियरिङ एसोसिएसनका महासचिव छवीराज पोखरेलले कुनै पनि कन्सल्टेन्सी भन्ने बितिक्कै विदेशबाटै ल्याउनुपर्ने र इन्जिनियर भन्नेबितिक्कै बिदेस नै जानुपर्ने आम धारणा परिवर्तन गरेर नेपालमै बसेर केहि गर्न सकिन्छ भन्ने कुरा स्थापित गराउन भवानी ग्रुपले भूमिका खेल्ने बिस्वास पनि व्यक्त गरे ।

    नेपालका इन्जिनियरहरु सिक्न र पढ्नका लागि विदेश गए पनि काम भने फर्केर नेपालमै बसेर गर्नुपर्नेमा उनले जोड दिए । एउटा जेनेरेसनले कुर्वानी नगरीकन देश बन्न नसक्ने बताउदै उनले नेपालजस्तो सुन्दर देशलाई विकास गर्नका लागि युवा इन्जिनियर र निर्माण उद्यमीहरुको पनि सहकार्य आवश्यक रहेको बताए ।

    ‘कोरिया बनेको कोरियाको एउटा जेनेरेशनले कुर्वानी दिएर नै हो । चाइना बन्न चाइनाको एउटा जेनेरेशनले कुर्वानी दिएको छ ।’ उनले भने- ‘देश बन्नलाई एउटा जेनेरेशनले कुर्वानी गर्नुपर्छ, हामीले १० बर्ष कुर्वानी गर्यौं भने हाम्रै पालामा, हाम्रै पुस्तले, हाम्रै पौरखले सुन्दर नेपाल बनाउन सकिन्छ । ‘नेपालका इन्जिनियरहरलाई दक्ष बनाएर नेपालमै रोजगारी सृजना गर्ने उदेश्यले भवानी ग्रुपले सुरु गरेको अभियानसँगै इन्जिनियर एसोसिएसनको साथ रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

    सबै सेवाग्राही र जनताको चाहनालाई केन्द्रमा राखेर काम गरे भवानी ग्रुपले एउटा उचाई हासिल गर्नेमा कुनै शंका नरहेको उनले बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले निर्माण सेवाभित्र देखिएका बिकृति अन्त्य गर्न र विस्वासीलो समाचार सम्प्रेषणका लागि उद्यमी व्यवसायी र सञ्चारकर्मीबीच राष्ट्र र विकासलाई केन्द्रमा राखेर दिगाे सहकार्यमा जाेड दिए ।

    “राष्ट्रका जिम्मेवार क्षेत्रबिच विश्वासनीय सहकार्यले देश जनताकाे भलाई हुन्छ, त्यसका लागि दिगाे सहमार्य गराैं, जैसअंले भने । उद्घाटन कार्यक्रममा बोल्दै ग्रुपका अध्यक्ष भवानी ओझाले सेवाग्राहीको चाहानालाई ध्यानमा राखेर आफूहरुले काम गरिरहेको बताएका छन् । नेपालको निर्माण क्षेत्रमा ५० प्रतिशतबढी जनशक्ति भारत र चीनबाट आउने गरेको भन्दै त्यसलाई रिप्लेस गरेर त्यसको ठाउँमा नेपालकै युवाहरुलाई दक्ष बनाएर रोजगारी दुनुपर्नेतर्फ सबैको ध्यान जान आवस्यक रहेको बताए ।

    बैसाख महिनाभर भवानी ग्रुपमार्फत भौतिक संरचना निर्माण गर्ने सेवाग्राहीहरुका लागि यो ‘स्मार्ट होम अटोमेशन सिस्टम’ सित्तैमा जडान गरिने पनि उनले बताएका छन् । “स्मार्ट होम अटोमेशन सिस्टम अन्तर्गत बिद्धुतीय उपकरणहरु, टिभी, फ्रीज, पंखा, एसी, पर्दा र सेक्युरिटी सिस्टममहरु आफु घरबाहिर रहेको अवस्थामा पनि एप्सबाटै अन-अफ गर्न सकिनेछ,”उनले भने ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...