News Portal

भालूको आक्रमणबाट घाईते बालकलाई उपचारमा समस्या

हिमाली संचार संवाददाता
६६६ पटक

मेगराज खड्का
रुकुम – भालूको आक्रमणमा बालक घाइते आर्थिक कमजोरको कारणले उपचारको लागि रकम सहयोग गरिदिनहुन परिवारले अनुरोध गरेका छन । रुकुम पूर्व भूमेगाउँपालिका वडा नम्बर १ लुकुम गाउँका फुर्माण पुनका छोरा १६ वर्षिय कैलाश पुन गत साउन १५ गतेका दिन घाँस काट्ने क्रम बनमा भालूले आक्रमण गरेको थियो ।

बालकको खुट्टा र टाउकोमा गहिरो चोट परेको बालकका काका किसम बहादुर पुनले जानकारी दिए । अहिले बल्खु स्थित राजधानी हस्पिटल काठमाण्डौंमा उपचार भैरहेको छ । उनको अवस्था अहिले पनि अचेत छ ।

आफन्तका अनुसार उनको टाउकामा गहिरो घाउ रहेको छ । परिवारमा आर्थिक समस्य भएको कारणले बालकको परिवारले सबैसंग रकम सहयोग गरिदिनहुन  अनुरोध गरेको छ ।

अहिले रकम संकलन अभियानमा लुगुम्याल समाज दाङ, लुगुम्याल समाज काठमाण्डौंले रकम संकलन गर्ने सहयोग अभियानमा जुटेको अहिले सम्म स्थानीय बासिन्दा, स्थानिय क्लब र देश तथा बिदेश बाट सहयोग ३ लाख रकम संकलन भएको लुगुम्याल समाज काठमाण्डौंका अध्यक्ष हर्कबहादुर घर्तिले बताए ।

सहयोग गर्न चाहानाले मोवाईल नम्बर ९८५१०८९२९७९८२४५०३७६४ मा सम्पर्क गरि रकम सहयोग गरिदिन आफन्तहरुले सबैलाई अनुरोध गरेका छन ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...