News Portal

भक्तपुर इन्काउन्टर प्रकरण : मृतकका परिवार पुगे मानव अधिकार आयोग

८९१ पटक

काठमाडौं – भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका २ अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि उजुरी दिएका हुन् ।

पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका अजित तामाङ र गोपाल तामाङको परिवारले आयोगमा उजुरी दिएका छन् । उनीहरुले घटनाको सत्यतथ्य छानबिनका लागि आयोगसमक्ष आग्रह गरेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वरमा अपहरणकारी माथि गोली चलाउँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको थियो ।

तस्वीर : अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...