News Portal

कम्युनिस्ट सरकारले जनतामा निराशा उत्पन्न गरायो : महामन्त्री खड्का

हिमाली संचार संवाददाता
७४३ पटक

सुर्खेत (सिम्ता), ४ बैशाख : नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले एउटा् चुनाव हार्दैमा पार्टी कार्यक्रतालाई निराश नहुन आग्रह गरेका छन। मुलुका ठुलो आन्दोलनमा बलिदानी दिएको पार्टी कांग्रेसले एउटा् चुनाव हारेकै अवस्थामा कम्जोर नहुन पार्टी कार्यक्रतालाई कार्यक्रतालाई आग्रह गरेका छन।

नेपाली कांग्रेस सिम्ताले आयोजना गरेको सम्मान तथा बधाई दिने कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री खड्काले कम्युनिस्ट सरकारले जनतामा ठुलो निराशा उत्पन्न गराएकोले जनतालाई आसाको दियो जगाउने जिम्मेवारी आउन लागेको उल्लेख गरेका छन।

कम्युनिस्ट सरकारका कारण मुलुकको उधमी, व्यबसाय नागरिक, पत्रकार लगायत आक्रान्त हुँदै गएको समेत खड्काले बताए। सरकारले सर्वसत्तावाद लाद्न खोजेको आसङ्काको खाडल बिसाल बन्दै गएको छ” महामन्त्री खड्काले थपे। जनताका निरासालाई बदल्ने अवसर नेपाली कांग्रेस नेतृत्व लिनेबेला आउन लागेकोले सिङ्गो पार्टी एक भएर अघि बढ्न नेता कार्यक्रता लाई आग्रह गरेका छन।स्वर्गीय सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा कार्यन्वयनमा कम्युनिस्ट सरकार असफल भएको टिप्पणी खड्काले गरेका छन।

कम्युनिस्ट सरकारले जनता समक्ष दिएको चुनौतीलाई सामना गर्न पार्टीको केन्द्र देखि वडा सम्म बिधि र बिधान, निर्णय प्रक्रियाले रुपान्तरण गर्ने अभियानमा लाग्न पार्टी कार्यक्रतालाई खड्कालेनिर्देशन दिएका छन। पार्टी भित्र आफ्नो कमजोरि समेत रहेको खड्काले स्वीकार गरेका छन। हाम्रो व्यवहार, शैली, निर्णय, अभिव्यक्तिले समस्या उत्पन्न गराएको सत्य हो महामन्त्री खड्काले भने, तिनै समस्याले कार्यक्रता र मतदाताको मन कुडिएकाले अब आत्मआलोचना गर्दै पार्टी एक ढिक्का भएर अघि बढ्ने रणनीतिमा जुटएको छ।

आफूबाट समेत गल्ती भएको हुनसक्ने उल्लेख गर्दै खड्काले गल्तीहरु सच्याएर एक ढिक्का बनाएर अघि लैजान कुनै कसर बाकी नराख्ने खड्काले प्रतिबद्धता जनाएका छन। खड्काले नेपाली कांग्रेसको समस्या कम्युनिस्ट सरकार नभएको समेत स्पष्ट पारेका छन।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व संचार राज्य मन्त्री समेत रहेका तप्त बहादुर बिष्टले नेपाली कांग्रेस महामन्त्री पुर्ण बहादुर खड्काले गरेका बिकासका योजनाहरु जनता माझ कार्यकर्ताले ल्याउन नसकेकै कारण चुनाव हारेको समेत जिकिर गर्नुभएको छ।

त्यस्तै क्षेत्रीय सभापति खड्क बहादुर पोखरेल, जिल्ला कार्यसमितिका सदस्य बिरेन्द्र रावत, काफलकोटका सभापति हरि बहादुर सिंह, काप्रीचौरका सभापति घन बहादुर केसि, राकमका सभापति राजेन्द्र सिंह लगायतले आ-आफ्नो भनाइ राख्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...