News Portal

आफ्नै विवाहको कार्ड बाँड्न हिडेका खत्री अटो पल्टीदाँ गम्भीर घाईते

हिमाली संचार संवाददाता
६६७ पटक
दुर्गा बिसि, सल्लिबजार

सल्यान, ३ बैशाख : बनगाड कुपिण्डे नगरपालिका वडा ५ मा मंगलबार ना ३ स १६७६ नम्बरको अटो रिक्सा पल्टीदा २ जना गम्भीर घाईते भएका छन् । दिउँसो २ वजेको समयमा फुलेडाँडा जाँदै गर्दा अटो चालक वडा ६ का नविन वि.क र आफ्न्नै विवाहाको निमन्त्रण कार्ड वाँडन हिडेका वडा ५ राउँचेका रोहन खत्री अटो पल्टीदाँ घाईते भएको ईलाका प्रहरि कार्यालय सल्लीवजारले जनाएको छ ।

अटो सडक देखि ३ सय मिटर तल भिरमा अट्किएको छ । अटोचालक वि.क. र खत्रीलाई भने उपचारका लागि सुर्खेत लगिएको छ । कच्चीबाटो भएकोले अटो पल्टीएको जनाएको छ । गाउँघरका भखर खनेका कच्ची ग्रामिण सडकमा समेत अटोमा स्थानीय आवत जावत गर्ने गरेका छन् । गम्भीर घाईते खत्रीको यहि ५ गते शुभविवाह रहेको छ । यस क्षेत्रमा अटोका दुर्घटनाका संख्या दिनहु हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...