News Portal

गायक पशुपति शर्मा किन गएनन् पदक थाप्न ?

हिमाली संचार संवाददाता
४४० पटक

काठमाडौं, ३ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्‍याएका १ सय ४३ जनालाई हिजो विभिन्न पदकले सुशोभित गरिन् । गृह मन्त्रालयले सिफारिस गरेको सुचीका आधारमा उनले पदक वितरण गरेकी हुन् ।

हिजो पदक पाउनेको सुचीमा गायक पशुपति शर्माको पनि नाम सुचीमा थियो । तर, उनी पदक थाप्न शीतल निवास गएनन् । त्यसपछि आशंका गरियो कि लूट कान्छा लुट… गीतको कारण उत्पन्न विवादका कारण उनको पदक खोसिएको वा उनले बहिष्कार गरेका त होइनन् ?

गृह मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको सुची अनुसार प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पाउने १० जनामा पशुपतिको नाम अहिले पनि देखिन्छ । त्यसो भए किन उनी पदक थाप्न गएनन् त ?

विभुषणसम्बन्धी मामला हेर्ने गृह मन्त्रालयका सहसचिव महादेव पन्थसँग कुरा गर्दा उनले पशुपतिको नाम सुचीबाट नकाटिएको बताए । उनले पदक पाउनेहरुलाई गृह मन्त्रालयको वेवसाइट, टेलिभिजन, रेडियो र टेलिफोनमार्फत खबर गरिएको जानकारी दिए ।

‘घुस खाँदा रंगेहात समातिएका एक कर्मचारीको पदक खोसिएको हो, त्यो बाहेक सबै १ सय ४३ जनाको नाम यथावत थियो,’ उनले भने । एक सय ४३ जनालाई नै पदक वितरणको तयारी गरिएको तर, उनीहरुमध्ये कसले लिए वा लिएनन् भन्ने विवरण आफूलाई प्राप्त नभएको पन्थ बताउँछन् ।

गृह मन्त्रालयले पदक वितरण हुनेबारे ९ दिन अगाडि सुचना प्रकाशित गरेको थियो । प्रकाशित सुचनामा पुरस्कृत हुने सबैलाई आफ्नो परिचयपत्रसहित चैत २६ गतेदेखि २९ गतेसम्म गृह मन्त्रालयको विभूषण शाखामा आएर प्रवेशपत्र लिन आग्रह गरिएको थियो ।

गायक शर्माले भने आफूलाई पदक वितरण हुने दिनबारे जानकारी नभएको र फोन पनि नआएको बताएका छन् । यस विषयमा पन्थीले मन्त्रालयका कर्मचारीहरुले फोन गर्दा शर्माले नउठाएको वा नलागेको हुन सक्ने उल्लेख गरे ।

केही समयअघि शर्माले गाएको लुट कान्छा लुट गीतको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आलोचना गरेका थिए । विवाद आएपछि शर्माले उक्त गीत यूट्यूबबाट झिके। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताले मन नपराएपछि’ पशुपतिले गीत हटाएको दावी गरेका थिए । पदक वितरणसँग यो विवादको कुनै साइनो नभएको सहसचिव पन्थले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...