News Portal

कञ्चनपुरमा विवाहमा गएका युवकको विभत्स हत्या 

हिमाली संचार संवाददाता
५१७ पटक

माेहन विष्ट
कञ्चनपुर, २ बैशाख : कञ्चनपुरको कृष्णपुरमा एक युवकको विभत्स हत्या भएको छ । चार दिन अघि वेपत्ता भएका कृष्णपुर नगरपालिका ७ का युवक सुबिल बडायकको हत्या भएको हो । उनी २८ चैत्र कलुवापुर गाउँमा विवाहमा गएको समयदेखि बेपत्ता रहेका थिए ।

बडायकले टाउको र शरिर अलग भएको अवस्थामा सोमबार खोलामा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । रैकवार विचुवा प्रहरी चौकीका इन्चार्ज दिल बहादुर कुँवरले लम्बाचदरको न्युरा खोलामा बडायकको शव फेला परेको बताए । बडायकको शव परीक्षणको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।

प्रहरी नायब निरीक्षक कुँवरकाअनुसार हत्याको आशंकामा तीन महिलालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । विवाहमा डिजेमा नाचिरहेका बेला डिस्कर्स परेको रहेछ, ‘उनले भने, ‘युवतीसहित मिलेर हत्या गरेको आंशका गरेका छौँ ।

कसको विवाह थियो वा कुनै पार्टी थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बडायकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...