News Portal

कञ्चनपुरमा विवाहमा गएका युवकको विभत्स हत्या 

हिमाली संचार संवाददाता
४७१ पटक

माेहन विष्ट
कञ्चनपुर, २ बैशाख : कञ्चनपुरको कृष्णपुरमा एक युवकको विभत्स हत्या भएको छ । चार दिन अघि वेपत्ता भएका कृष्णपुर नगरपालिका ७ का युवक सुबिल बडायकको हत्या भएको हो । उनी २८ चैत्र कलुवापुर गाउँमा विवाहमा गएको समयदेखि बेपत्ता रहेका थिए ।

बडायकले टाउको र शरिर अलग भएको अवस्थामा सोमबार खोलामा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । रैकवार विचुवा प्रहरी चौकीका इन्चार्ज दिल बहादुर कुँवरले लम्बाचदरको न्युरा खोलामा बडायकको शव फेला परेको बताए । बडायकको शव परीक्षणको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।

प्रहरी नायब निरीक्षक कुँवरकाअनुसार हत्याको आशंकामा तीन महिलालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । विवाहमा डिजेमा नाचिरहेका बेला डिस्कर्स परेको रहेछ, ‘उनले भने, ‘युवतीसहित मिलेर हत्या गरेको आंशका गरेका छौँ ।

कसको विवाह थियो वा कुनै पार्टी थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बडायकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...