News Portal

प्रधानमन्त्रीकै शैलीमा कांग्रेसको जवाफ, बालुवाटारलाई तनाव

हिमाली संचार संवाददाता
३९१ पटक

काठमाडौं, २ बैशाख : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले दिएको पछिल्लो अभिव्यक्तिको आलोचना गरेको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा र सहमहामन्त्री डा.प्रकाश शरण महतले सोमबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् ।

कांग्रेसका उपसभापति निधिले प्रधानमन्त्री जस्तो व्यक्तिले पार्टीको अध्यक्ष र अध्यक्षबाट पनि तल झरेर एउटा गुटको नेताले जस्तो अभिव्यक्ति दिएको भन्दै चिन्ता जनाए । प्रधानमन्त्री भनेको सबैको साझा व्यक्ति हो । तर, उहाँले दिएका अभिव्यक्ति पार्टीको अध्यक्षको जस्तो छ । उहाँले अध्यक्षबाट पनि तल झरेर गुटको नेताले जस्तो बोल्नु भएको छ’, उनले भने, ‘प्रधानमन्त्री ओलीजीको अभिव्यक्तिले देशमा हिंसा भड्काउन खोजेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिबाट बुढापाकाले मनोरञ्जन लिने गरेको बताए। बुढापाकाले प्रधानमन्त्री ओली टिभीमा बोल्दै गर्दा मनोरञ्जन लिन्छन्’, उनले भने, ‘बालबालिका भने डराउँछन् । बालबालिकाका अभिभावकहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले हिंसा हुनेभन्दै टिभी बन्द गर्ने अवस्था आएको छ ।

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई जिम्मेवार बन्न सुझाव दिएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्नबाट कसैले पनि रोक्न नसक्ने प्रवक्ता शर्माले बताए ।

प्रधानमन्त्री ओलीले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा विपक्षी दलहङलाई नन्दिभिरिङ्गी भन्नुका साथै आन्दोलन गरे भने केटाकेटीहरूले ढुंगा हान्छन् भनेर टिप्पणी गरेका थिए । त्यसको जवाफमा कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरेर कडा जवाफ दिएको छ ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...