News Portal

प्रधानमन्त्रीकै शैलीमा कांग्रेसको जवाफ, बालुवाटारलाई तनाव

हिमाली संचार संवाददाता
४१० पटक

काठमाडौं, २ बैशाख : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले दिएको पछिल्लो अभिव्यक्तिको आलोचना गरेको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा र सहमहामन्त्री डा.प्रकाश शरण महतले सोमबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् ।

कांग्रेसका उपसभापति निधिले प्रधानमन्त्री जस्तो व्यक्तिले पार्टीको अध्यक्ष र अध्यक्षबाट पनि तल झरेर एउटा गुटको नेताले जस्तो अभिव्यक्ति दिएको भन्दै चिन्ता जनाए । प्रधानमन्त्री भनेको सबैको साझा व्यक्ति हो । तर, उहाँले दिएका अभिव्यक्ति पार्टीको अध्यक्षको जस्तो छ । उहाँले अध्यक्षबाट पनि तल झरेर गुटको नेताले जस्तो बोल्नु भएको छ’, उनले भने, ‘प्रधानमन्त्री ओलीजीको अभिव्यक्तिले देशमा हिंसा भड्काउन खोजेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिबाट बुढापाकाले मनोरञ्जन लिने गरेको बताए। बुढापाकाले प्रधानमन्त्री ओली टिभीमा बोल्दै गर्दा मनोरञ्जन लिन्छन्’, उनले भने, ‘बालबालिका भने डराउँछन् । बालबालिकाका अभिभावकहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले हिंसा हुनेभन्दै टिभी बन्द गर्ने अवस्था आएको छ ।

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई जिम्मेवार बन्न सुझाव दिएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्नबाट कसैले पनि रोक्न नसक्ने प्रवक्ता शर्माले बताए ।

प्रधानमन्त्री ओलीले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा विपक्षी दलहङलाई नन्दिभिरिङ्गी भन्नुका साथै आन्दोलन गरे भने केटाकेटीहरूले ढुंगा हान्छन् भनेर टिप्पणी गरेका थिए । त्यसको जवाफमा कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरेर कडा जवाफ दिएको छ ।

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...