News Portal

सशस्त्र प्रहरीका गाडीमा अब गोप्रो क्यामेरा, सीमामा सीसीटीभीबाट निगरानी !

हिमाली संचार संवाददाता
३९६ पटक

गौरव पोखरेल
काठमाडौं, २ बैशाख : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि सशस्त्र प्रहरी निकै आलोचित भयो । नहोस् पनि किन ? पछुवा गाडी सशस्त्रको थियो र जिकज्याक शैलीमा चलाउँदा स्कुटरलाई ठक्कर दिएको थियो ।

अब सशस्त्र प्रहरीले आफ्ना आफ्ना सवारीसाधनमा ग्रोप्रो क्यामरा जडान गर्ने निर्णय गरेको छ । अहिले सशस्त्रका वरिष्ठ उपरीक्षक (एसएसपी) देखि माथिल्लो दर्जाका सबै अधिकृतको गाडीको अगाडिको भागमा गोप्रो क्यामरा जडान गरिएको छ ।

अपरेशनमा जाने गाडीमा पनि क्यामरा फिट गरिएको छ । पहिलो चरणमा ४ सय वटा गोप्रो विभिन्न युनिटमा बाँडिएको स्रोतको भनाइ छ । काठमाडौं बाहिर गण, बाहिनी र गुल्ममा २५० वटा बाँडिएको छ भने ५० वटा मुख्यालयमा प्रयोग गरिएको छ ।

बानेश्वरको जस्तै दुर्घटना हुँदा अनुसन्धानका लागि सहज हुने भएकाले ग्रोप्रो क्यामरा फिट गरिएको अधिकारी बताउँछन् । बानेश्वर घटनामा पनि एक जना सर्वसाधारणको गोप्रो क्यामराबाट खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । अनुसन्धानपछि महानगरीय ट्राफिक महाशाखाले सवारी चालकलाई जरिवाना तिराएको थियो ।

सशस्त्र प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतिको सामना गर्न छुट्टै सेल खडा गर्ने योजना रहेको बताउँछन् । उनका अनुसार बलको मुख्यालयमा सक्षम र प्रविधिमैत्री साइबर अपराध र आईटी सम्बन्धी सेल राख्न लागिएको हो । सशस्त्र प्रहरीलाई प्रविधियुक्त बनाउने योजना अनुरुप नै गोप्रो, ड्रोन लगायतका उपकरण प्रयोगमा ल्याइएको उनी बताउँछन् ।

सीमामा सीसीटीभीबाट निगरानी !

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सीसीटीभीबाट निगरानी गर्ने भएको छ । हाल सीमा क्षेत्रमा रहेका १ सय ६ बोर्डर आउट पोस्ट (बीओपी) मा सीसी टीभी राख्न लागिएको हो । महानिरीक्षक शैलेन्द्र खनालकाअनुसार गृहमन्त्रालयले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा भएको बीओपीलाई प्रविधियुक्त बनाउने बुँदा अनुरुप यो अभियान थालिएको हो । उनका अनुसार बलले सीसी टीभीसँगै ड्रोन र गोप्रो क्यामेराको पनि प्रयोग गर्नेछ ।

सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठका अनुसार पहिलो चरणमा नमुनाका रुपमा १० वटा बीओपीमा सीसी क्यामेरा राखिनेछ । ‘सीसी क्यामेरा खरिदका लागि बजेट आएर टेण्डर प्रक्रिया पनि सुरु भइसकेको छ’, डीआईजी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘एक/डेढ महिनाभित्रै सबै प्रक्रिया पूरा गरेर प्रयोगमा ल्याउँछौं ।’ यद्यपि, पहिलो चरणमा कहाँ कहाँ क्यामरा राख्ने भन्ने निक्र्याैल भइनसकेको उनले बताए ।

पहिलो चरणमा प्रभावकारिता हेरेर क्रमशः अन्य वीओपीमा पनि सीसी क्यामरा राखिँदै लगिने उनले बताए । ड्रोन भने विशेष गरी विपदको समयमा विकट ठाउँको रेकी र पहाड, भीर, पाखामा ड्रोन उपयोगी हुने डीआईजी श्रेष्ठको भनाइ छ । बाटो नभएको ठाउँमा सर्भिलेन्सका लागि ड्रोन प्रयोग गर्ने हो’, उनले भने, ‘उद्दारको समयमा विकट क्षेत्रमा कोही घाइते छ वा शव छ कि भनेर हेर्न पनि ड्रोन काम लाग्छ ।

हाल उत्तरी सीमामा सशस्त्र प्रहरीको पोष्ट छैन । तर, ती क्षेत्रमा पनि आफ्नो युनिट राख्ने तयारी सशस्त्र प्रहरीको छ । ‘नयाँ आर्थिक वर्षभित्र उत्तरको ५ ठाउँमा बीओपी राख्ने हाम्रो योजना हो’, श्रेष्ठ भन्छन्, ‘भौगोलिक अवस्था, प्रतिकुल मौसमका कारण केही समस्या हुने भएकाले हामी हाल अध्ययनमै छौं । उनका अनुसार अहिले कतिपय ठाउँमा जग्गा खोज्ने काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...