News Portal

सांसद गगन थापाद्वारा संम्पदा संरक्षण अभियान शुरु

हिमाली संचार संवाददाता
३६७ पटक

(फाइल तस्विर)

काठमाडौँ, २ बैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले नयाँ वर्षसँगै सम्पदा संरक्षणसम्बन्धी अभियान थालेका छन् । गत वर्षभरि ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियान चलाएका थापाले आजदेखि नयाँ वर्ष २०७६ भरिका लागि ‘हाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ नाराका साथ सम्पदा संरक्षण अभियान शुरु गरेका हुन् ।

काठमाडौँ क्षेत्र नं ४ को सांसदको कार्यालयमार्फत् शुरु गरिएको उक्त अभियानअन्तर्गत पहिलो कार्यक्रम आज ज्ञानेश्वर भैरवस्थान मन्दिरमा गरिएको कार्यालयका सचिव शङ्कर कुइँकेलले जानकारी दिए ।

सांसद थापासँगै प्रदेशसभा सदस्यद्वय नरोत्तम वैद्य र राधा घले, स्थानीय जनप्रतिनिधि, वातावरण तथा संस्कृतिविद् तथा स्थानीयवासीले  सम्पदाको संरक्षणका बारेमा छलफल गरी सो योजना बनाएका छन् । पहिलो कार्यक्रम भएको ठाउँ भैरवस्थान मन्दिरको आज सरसफाइ गर्दै त्यसमा गर्नुपर्ने कामको विवरण पनि तयार पारिएको कुइँकेलले बताए।

अभियानको शुरुआत गर्दै सांसद थापाले पुर्खाले बनाएको सम्पदाको संरक्षण र सम्वद्र्धन गर्नु अहिलेको पुस्ताको दायित्व भएकाले अभियान थालिएको बताए। उनले देशले गौरव गर्ने र विश्वमा नेपाललाई चिनाउने माध्यम भएकाले पनि सम्पदाको संरक्षणमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नेता थापाले सम्पदाको संरक्षणमा पर्याप्त चासो नदेखिनु चिन्ताको विषय भएको बताए। “यसतर्फ ध्यान दिन विशेष गरेर युवा पुस्तालाई आग्रह गर्छु”, उनले भने। सांसद थापाले यस वर्षलाई सम्पदा संरक्षण वर्षका रुपमा मनाउन लागिएकाले उक्त अभियानअन्तर्गत हरेक महीना कम्तीमा एउटा सम्पदा क्षेत्रमा सरसफाइ, छलफल र योजना निर्माण गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...