News Portal

फेसबुक, इन्स्टाग्राम र ह्वाट्समा विश्वभर समस्या

हिमाली संचार संवाददाता
४९३ पटक

काठमाडौं, १ बैशाख : चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । आइतबार अपरान्ह नेपालसहित विश्वभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या व्यहोरेका हुन् । फेसबुकसँग मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

नेपाली प्रयोगकर्ताले ट्वीटरमा फेसबुकलाई मेन्सन गरेर समस्याबारे जिज्ञासा राखिरहेका छन् । यी सामाजिक सञ्जालबारे वेवसाइटको मनिटर गर्ने डाउनडिटेक्टर डट सीओ डट यूकेमा सयौं गुनासो दर्जा भइसकेको बेलायती पत्रिका मिररले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

हाल फेसबुकको वेवसाइट खोल्ने वित्तिकै एरर म्यासेज आउँछ । किन यी सामाजिक सञ्जालमा समस्या आयो भन्ने बारे अहिलेसम्म खुलेको छैन । फेसबुकले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...