News Portal

  • अछामको ठाँटी गाउँ पुरै लालपुर्जाविहीन

    हिमाली संचार संवाददाता
    ४१० पटक

    गीता कुँवर
    अछाम, १ बैशाख : मेल्लेख गाउँपालिका–३ ठाँटीका बासिन्दा लालपुर्जाविहीन छन्। तीन दशकमा तीनपटक जग्गाको नापजाँच हुँदा पनि स्थानीयले धनीपुर्जा पाउन सकेका छैनन्। ४ सय घरधुरीले कानुनी रूपमा जग्गा कारोबार गर्न पाएका छैनन्।

    तत्कालीन ठाँटी गाविसमा २०४५/४६ मा पूरै जग्गा नापनक्सा कार्य सम्पन्न भएको थियो। तर, छिमेकी कुस्कोट गाविस–३ सँग सीमा विवाद हुँदा जग्गा दर्ता रोकिएको थियो। तत्कालीन दुई गाविसबीचको भेलाबाट ०५५ मा आधा–आधा जग्गा लिने सहमति भएको थियो। ०५५ मा सबै जग्गाको नाप, नक्साको काम सम्पन्न भएको ठाँटीका नरेन्द्र नेपालीले बताए।

    मालपोत कार्यालयले जग्गा दर्ताका लागि सातदिने सूचना निकालेको थियो। मालपोत जाँदा कार्यालय प्रमुख नहुँदा दर्ता हुन नसकेको स्थानीय शंकर शाहले बताए। ‘देशमा सशस्त्र द्वन्द्व चल्यो। ०५८ मा सदरमुकाम ध्वस्त हुँदा भएभरका सबै प्रमाण नष्ट भए’, उनले भने, ‘लालपुर्जा नहुदा समस्या भएको छ।

    माओवादीले आक्रमण गर्दा जिल्ला सदरमुकाममा रहेको नापी, मालपोत कार्यालय ध्वस्त भएको थियो। जग्गासम्बन्धी अभिलेख नष्ट हुँदा दर्ता प्रक्रिया अवरुद्ध बनेको थियो। नापी टोलीले ०७२ मा जग्गाको पुनः नापजाँच गरी आफूसँग भएका प्रमाण ल्याएर जग्गा दर्ता गर्न आउन सूचना निकाल्यो। तर, प्रमाण नहुँदा जग्गाको पुर्जा लिन नसकिएको वडाध्यक्ष केशबहादुर शाहको भनाइ छ।

    नापी टोलीले पुराना कागजपत्र खोज्दा नभेटिएपछि कसैको पनि जग्गा दर्ता हुन सकेको छैन’, उनले भने, ‘सशस्त्र द्वन्द्वका कारण जग्गासम्बन्धी प्रमाण जिल्लाकै नष्ट भएकाले दर्ताका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने देखिएको छ। विभिन्न ठाउँमा पहल गर्दा पनि कुनै निर्णय हुन नसकेको स्थानीय हेमराज शाहले बताए।

    पछिल्लो समय जिल्लाभर नापी भए पनि कागज नभेटिएपछि लालपुर्जा वितरण गर्न नसकिएको नापी कार्यालयले जनाएको छ। जग्गा भोगचलन गर्दै आए पनि स्वामित्व आफूहरूसँग नहुँदा बेचबिखन गर्न र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाएको स्थानीय रामबहादुर शाहले बताए।

    ‘कानुनी रूपमा हामीसँग नागरिकता छ तर बसोबास गरेको घरजग्गाको लालपुर्जा छैन’, उनले भने, ‘आफू बसेको घरजग्गाको कानुनी कागजात नहुँदा अप्ठेरो परेको छ।’ स्थानीयलाई जग्गाधनी प्रमाण पुर्जा दिलाउन पहल गरिरहेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए। (तस्बिर : खगेन्द्र अनुरागी)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...