News Portal

  • महामन्त्री खड्काले वैशाख ३ मा जाजरकोट र ४ गते सिम्ताको जामुनेबजारमा सम्बोधन गर्ने

    हिमाली संचार संवाददाता
    ४९२ पटक

    जाजरकोट, २९ चैत : नेपाली काँग्रेस जाजरकोटले आगामी वैशाख ३ गते जिल्लामा आफना नेता कार्यकर्ताहरुको भव्य सम्मेलन गर्ने भएको छ । पार्टीका महामन्त्री एवम पुर्व गृहमन्त्री पुर्णवहादुर खड्काको उपस्थितिमा काँग्रेसले पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, विभिन्न भातृ तथा भगिनी सँस्थाका नेता कार्यकर्ताहरु र अन्य समर्थकहरुको सहभागितामा भव्य सम्मेलन गर्न लागेको नेपाली काँग्रेस जाजरकोटका सचिव खडक विसीले वताए ।

    उनले पार्टीको संगठन सुदृढिकरण तथा कार्यकर्ताहरुको परिचालनमा सहयोग पुर्‍याउन पहिलो पटक जिल्ला सम्मेलन गर्न लागिएको वताए । सदरमुकाम खलंगामा आयोजना हुने उक्त सम्मेलनमा काँग्रेस जाजरकोटका सवै नेता कार्यकर्ता र समर्थकहरुलाइ अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको पनि सचिव विसीले वताए ।

    सम्मेलन मार्फत जाजरकोट काँग्रेसलाइ सांगठनिक एवम वैचारिक रुपमा शसक्त वनाउन मद्दत पुग्ने काँग्रेस नेताहरुको भनाइ छ । दुइ वर्ष अघि सम्पन्न स्थानीय तहको चुनाव र डेढ वर्ष अघि सम्पन्न प्रदेश र संघीय संसदको चुनावमा पार्टीले वेहोरेको हारको उचित समीक्षा गर्ने र पार्टीको संगठन निर्माणको निस्क्रियतालाइ सक्रियतामा वदल्ने अस्त्रको रुपमा सम्मेलनलाइ लिइएको नेताहरु वताउछन् ।

    नेपाली काँग्रेसलाइ गाउँ मुखी वनाएर काँग्रेसका नेता कार्यकर्ता शुभचिन्तक समर्थक सवैले गर्नुपर्ने कामका वारेमा सम्मेलनमा व्यापक छलफल हुने काँग्रेस जाजरकोटका नेता वेदराज सिंहले वताए । उनले काँग्रेसको विद्यान अनुसार आयोजना गरिएको सम्मेलनले नेपाली काँग्रेसको संगठन वलियो वनाउन र नेता कार्यकर्ताहरुमा उर्जा थप्न ठुलो भुमिका खेल्ने वताए ।

    जिल्लाका सातै स्थानीय तहका ७७ वटा वडावाटै पार्टी र विभिन्न भातृ सँस्थाका अगुवा कार्यकर्ताहरुलाइ सदरमुकाममा उतारेर सम्मेलन भव्य वनाउने तयारी भइरहेको काँग्रेसले जनाएको छ । सम्मेलनको उद्घाटन सार्वजनिक रुपमा खुला मन्चमा गर्ने र छलफलको सत्र विशेष स्थानमा गर्ने गरि कार्यक्रम तय गरिएको काँग्रेसले जनाएको छ ।

    दुइ वर्ष अघि स्थानीय तहको चुनाव सकिए देखि पार्टीका कार्यकर्तालाइ प्रशिक्षण दिने, सत्तारुढ नेकपाका गलत कामहरुको भण्डाफोर गर्ने, चुनाव हारेर निरास वनेका नेता कार्यकर्ताहरुलाइ पार्टी निर्माणको जिम्मेवारी दिने, अहिलेको अवस्थामा पार्टीलाइ कसरी अगाडि लिने भन्ने वारेमा काँग्रेसको जिल्ला देखि केन्द्रले ठोस नीति निर्णय र अभिायान चलाउन नसकेको तल्लो तहका नेता कार्यकर्ताहरुको व्यापक गुनासो रहेको एक नेताले कुशेमालिका अनलाइनलाइ वताए ।

    पार्टीको जिल्ला सम्मेलनमा यीनै विषयमा व्यापक वहस र छलफल हुनुपर्ने उनले वताए । वैशाख ३ गतेको जिल्ला सम्मेलनलाइ भव्य र सफल रुपमा सन्चालन गर्नका लागि प्रचार प्रसार र व्यवस्थापनको कामलाइ तिव्रता दिइएको काँग्रेस जाजरकोटका सभापति दिपकजंग शाहले वताए ।

    पार्टीको महामन्त्री जस्तो महत्वपुर्ण व्यक्तिको उपस्थितिमा सम्मेलन हुन लागेकोले जिल्लाका सवै नेता कार्यकर्ताहरुको उपस्थिति गराउने र आवस्यक सवै सवालहरुमा खुलेर छलफल गर्ने कार्यक्रम तय गर्न जिल्ला कार्य समितिका सवै नेताहरुले जिम्मेवारीका साथ काम गरिरहेको सभापति शाहले वताए ।

    त्यस्तै महामन्त्री खड्का बैशाख ४ गते सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ६ स्थित जामुनेबजारको पिपल चैतारामा नेपाली काँग्रेस सिम्ता गाउँपालिकाको आयोजनामा उक्त दिन पाटिका कार्यकर्ता तथा शुभेच्छुकसग भेटघाटमा बेस्त रहने तरुणदल वडा नम्बर ७ काप्रीचौरका अध्यक्ष गंगाराम सापकोटाले जानकारी दिए। महामन्त्री खड्काको कर्णालीका १० वटै जिल्लामा नेताकार्यकर्ताहरुसग भेटघाट गर्ने कार्यतालिका रहेको बताईएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...

    केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

    काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान...