News Portal

मेघाश्री गुट्खाको अबैध कारोबार मौलाउदो

हिमाली संचार संवाददाता
७१९ पटक

नेपालगन्ज, २९ चैत : पश्चिम नेपालका बजार तथा ग्रामीण बस्तीमा अवैद्य गुट्खाको कारोबार बढेको छ । जसमा मेघाश्री नाम गरेको गुट्खाले त राजश्व नै छली गरेर बिक्रि वितरण गर्दै आएको खुलेको छ । गुट्खा मध्येकै स्वास्थ्यका लागि सबैभन्दा हानिकारक मानिने मेघाश्रीले नेपालगन्ज र यस पश्चिका बजारमा राजश्व छलेर बिक्रि गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७१/७२ देखि लागू हुने गरी सुर्तीजन्य पदार्थमा कडाइ गरे पनि कार्यान्वयन पक्ष फितलो भएका कारण मेघाश्री गुट्खा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबार मौलाउँदै गएको छ । सुर्तीजन्य ऐन २०६८ ले सार्वजनिक स्थालमा चुरोट, बिँडी, गुट्खा र कंकड सेवनमा रोक लगाएको छ । तर, कानुनमा व्यवस्था भएअनुसारको काम गुट्खा उत्पादकले पालना गरेको देखिँदैन ।

पछिल्लो समय कैलालीबाट उत्पादन हुँदै आएको मेघाश्री र सुपर पावर भन्ने सुर्ती उद्योगले सरकारको कानुनी व्यवस्थाको खिल्ली उडाउँदै पश्चिम नेपालका बजार तथा गाउँमा कब्जा जमाएको छ ।

सरकारका सम्बन्धित निकायबाट समयमा बजार अनुगमन नहुँदा अहिले बजारमा राजश्व छलेर बिक्रि भइरहेको मेघाश्रीको खुलेयाम कारोबार भइरहेको छ । यसको पछिल्लो उदाहरणका रूपमा केही ददिन अघि राजस्व छली लैजाँदै गरेको १ सय ४० बोरा गुट्खा बरामद भएको थियो ।

कैलाली जिल्लास्थित श्रीदेउती गुट्खा इण्डष्ट्रिजबाट लक्ष्मी टेड्रिङ कोहलपुरमा उक्त गुट्खा पठाउन लागेको विल प्राप्त भएको कोहलपुर प्रहरीले बताएको छ । बरामद गरिएको मेघाश्रीको मुल्य अन्दाजी १२ लाख रहेको थियो । यसबाट पनि मेघा।ीले अवैद्य रूपमा सरकारलाई राजश्व छलेर कारोबार अघि बढाएको स्पष्ट भएको छ ।

सहर तथा गाउँका चिया पसल, किराना पसल र होटलहरुमा समेत त्यस्ता खैनी तथा गुट्खाहरु बिक्रीवितरणको लागि राखेको भेटिन्छ । माग बढेसँगै अवैधरुपमा विना स्टिकर उत्पादन भएका गुट्खा जहीँतहीँ भेटिन थालेका छन । उक्त गुट्खा अहिले खुल्लमखुल्ला बिक्रीवितरण भइरहँदा समेत सरकारी निकाय मौन छ । एकदमै हानिकारक मानिएको उक्त मेघाश्रीका बारे बुझन खोज्दा श्रीदेउती गुट्खा इण्डष्ट्रिजका कुनैपनि प्रतिनिधीसँग सम्पर्क हुन सकेन् ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...