News Portal

सांसदले पदको उन्माद देखाउँदै एयर होस्टेज प्रति गरे यस्तो दुर्ववहार

हिमाली संचार संवाददाता
४५३ पटक

काठमाडौं, २९ चैत : बुधबार साँझ काठमाडौंबाट बुद्ध एयरको जहाज झापाको भद्रपुरको लागि उड्यो । जहाजले उचाई लिएपछि एयर होस्टेजले एक जना भद्र देखिने व्यक्तिलाई बोर्डिङ पासमा भएको सिट नम्बर अनुसार बस्न आग्रह गरिन । ति भद्र एक्कासी कड्कीए । नम्र स्वरमा बोलेकी एयर होस्टेजलाई हप्काउँदै उनले भने –‘मलाई तिमीले सिकाउने ? ‘ म को हो चिनेकी छस् ? बुद्ध एयरको दादागिरी अति भयो, हामीले बुद्ध एयरको गतिविधि नजिकबाट हेरिरहेका छौं ।’ भद्र देखिने व्यक्ति एक्कासी जंगिए पछि ति एयर होस्टेज बेस्सरी डराइन । अनुहार रातोपिरो देखियो ।

ति भद्र व्यक्ति थिए नेकपा सांसद एंव मेनपावर व्यवसायी संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बु । संघिय संसदको लोगो लगाएका लिम्बु बोर्डिङ पासमा भएको सिटमा नबसी अर्कै खाली सिटमा बसेका थिए । सांसद जस्तो व्यक्तिले सेवा दिन बसेकी एयर होस्टेज माथि गरेको दुर्वव्यवहार देखेर अन्य यात्रु आश्चर्यमा परेका थिए ।

सायद एयर होस्टेजलाई ति व्यक्ति सांसद भन्ने पनि थाहा थिएन । विना कारण सांसद लिम्बुको हप्की खाएकी एयर होस्टेजले राम्रोसंग यात्रुलाई सेवा दिन समेत सकिनन । अर्की एयर होस्टेजले उनको काम समेत सघाइन ।

सांसद लिम्बुले एयर होस्टेजले चकलेट पानी दिँदा समेत जंगिदै चाहिदैन भने । उडान अवधि भरी रिसाएर बसेका लिम्बुले भद्रपुर विमानस्थलमा पुगेपछि एयर होस्टेजले केहि समय नओर्लन गरेको आग्रह पनि मानेनन । ढोका खुल्ने वित्तिकै जर्वजस्ती ओर्लिए ।

भद्रपुर पुगेपछि अन्य यात्रुसंग ति एयर होस्टेजले आफुले गल्ती नगरेको बताइन । उनले कुनै एक यात्रुले आफुले गल्ती गरेको अथवा नगरेको साछी बस्नका लागि सम्पर्क नम्बर दिन आग्रह गरिन । एक जनाले उनी प्रति भएको दुव्र्यवहार प्रति दुःख व्यक्त गर्दै सम्पर्क नम्बर दिए । उनको अनुहार मलिन थियो ।

पेशाले नै नम्र र शालिन हुनु पर्ने एयर होस्टेजको कुनै गल्ती थिएन । बरु सांसद लिम्बुले नै पदको उन्माद देखाउँदै ति एयर होस्टेज प्रति अपमान र दुव्र्यवहार गरेका थिए ।

स–परिवार यात्रा गरेका सांसद लिम्बुको उक्त व्यवहारले जहाजमा यात्रा गरिरहेका अन्य यात्रु स्तब्ध देखिएका थिए । रास्ट्रपुकारबाट

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...