News Portal

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्रिपरमा आगजनी

हिमाली संचार संवाददाता
५११ पटक

कृष्ण थापा
नुवाकोट २९ चैत : पासाङ ल्हामु सडकअन्तर्गत गंगटे-त्रिशूली खण्डमा पर्ने विदुर नगरपालिका-२ बट्टार र गंगटे बजारको बीचमा शुक्रबार ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बा ५ ख २८९८ नम्बरको ट्रिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विनपा-२ का २२ वर्षीय दिवाकर खनालको मृत्यु भएको हो । ठक्करबाट २४ वर्षीय मुन्ना गुप्ता घाइते भएका छन् । घाइतेको स्थानीय निजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोटरसाइकल चालक खनालको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रिपर जलाइदिएका छन् । जलाइदिने उनीहरुको चेतावनीपछि उक्त सडक खण्डमा अन्य ट्रिपरसमेत चलेका छैनन् । बिहीबार पनि माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...