News Portal

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्रिपरमा आगजनी

हिमाली संचार संवाददाता
४६७ पटक

कृष्ण थापा
नुवाकोट २९ चैत : पासाङ ल्हामु सडकअन्तर्गत गंगटे-त्रिशूली खण्डमा पर्ने विदुर नगरपालिका-२ बट्टार र गंगटे बजारको बीचमा शुक्रबार ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बा ५ ख २८९८ नम्बरको ट्रिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विनपा-२ का २२ वर्षीय दिवाकर खनालको मृत्यु भएको हो । ठक्करबाट २४ वर्षीय मुन्ना गुप्ता घाइते भएका छन् । घाइतेको स्थानीय निजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोटरसाइकल चालक खनालको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रिपर जलाइदिएका छन् । जलाइदिने उनीहरुको चेतावनीपछि उक्त सडक खण्डमा अन्य ट्रिपरसमेत चलेका छैनन् । बिहीबार पनि माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...