News Portal

विदेशबाट फर्किँदा कति सुन ल्याउन पाईन्छ ? नयाँ नियम लागू

हिमाली संचार संवाददाता
५२१ पटक

काठमाडौं, २९ चैत : सर्बोच्च अदालतको आदेशपछि सरकारले विदेशबाट फर्किँदा सुन ल्याउन पाउने व्यवस्थामा संशोधन गरेको छ । झिटिगुन्टा आदेशमा संशोधन गर्दै सरकारले अब सय ग्रामसम्म सुनका गहना भन्सार तिरर ल्याउन दिने व्यवस्था गरेको छ ।

अब ५० ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार तिर्नुपर्दैन भने त्यसभन्दा माथि सय ग्रामसम्म ल्याएर भन्सार तिर्नुपर्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । यसअघि ५० ग्रामभन्दा बढी सुनको गहना लिएर आउँदा सिधै जफत गर्ने गरिएको थियो ।

यसो गर्दा धेरै यात्रु पीडित भएका थिए, त्यो मुद्दा सर्बोच्चमा पुगेको थियो । सर्बोच्चले १० ग्रामसम्म सुनको गहाना भन्सार तिरर ल्याउन पाउने गरी व्यवस्था गर्न भनेपछि सरकारले नियम संशोधन गरेको हो ।

हाल विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । त्यसका लागि कर तिर्नुपर्छ । ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ ।

५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्छ ।

१०० ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ । ठूलो परिमाणमा सुनको गहना लगाएर आउँदा पनि जफत गरिन्छ ।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...