News Portal

गुल्मीमा जीप खस्दा पूर्वसांसदसहित ३ को मृत्यु

हिमाली संचार संवाददाता
५४१ पटक

भगवती पाण्डे
२८, चैत : गुल्मीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा पूर्वसांसदसहित तीन जनाको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकाेट नगरपालिका-१ पाैदीअमराईमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, उपचारको क्रममा मालिका २ की २६ वर्षकी कौशिला थापाको निधन भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भण्डारी २०४८ सालमा गुल्मी -३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए। जीप सडकबाट १ सय मिटरभन्दा तल खसेकाे थियो। अन्य ७ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरी जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...