News Portal

  • सातै प्रदेशबाट कम्पनी दर्ता हुने

    हिमाली संचार संवाददाता
    ४६६ पटक

    काठमाडौं, २८ चैत : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ वटै प्रदेशमा कम्पनी रजिष्ट्रार कार्यालयको शाखा खोल्ने भएको छ। उद्योगी, व्यवसायीलाई व्यवसाय सञ्चालनमा सहजता प्रदान गर्न प्रदेशगत रुपमा शाखा खोल्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिएको सेतोपाटिले जनाएको छ।

    सो योजना अनुसार मन्त्रालयले प्रदेश १ र  ५ मा कार्यालयको शाखा खोलिसकेको छ। त्यहाँ केही कर्मचारी समेत पठाइसकेको प्रवक्ता भट्राईले बताए।
    ‘प्रदेश १ र ५ मा कम्पनी रजिष्ट्रारको कार्यालय सञ्चालनमा आइसकेको छ, सातै प्रदेशमा फैलाउने योजनामा छौँ,’ प्रवक्ता भट्टराईले भने, ‘त्यसका लागि प्रदेशगत समन्वय भइरहेको छ।

    यस अघि नयाँ व्यवसाय वा कम्पनी दर्ता गर्न काठमाडौंमा नै आउनु पर्ने बाध्यता थियो। अब शाखा कार्यालयबाट नै कम्पनी सम्बन्धी काम हुने भट्टराईले बताए।

    प्रदेशगत रूपमा कम्पनी रजिष्ट्रारको कार्यालय हुँदा यसबाट व्यवसायी लाभान्वित हुने मन्त्रालयले जनाएको छ।  उनका अनुसार कम्पनी दर्ता, शेयर नामसारी लगायतका अधिकांश काम शाखा कार्यालयबाट हुन्छ। केही महत्वपूर्ण नीतिगत काम भने केन्द्रबाट नै हुने छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...