News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज २०७५ साल चैत २८ गते, सन् २०१९ अप्रिल ११ तारिख बिहीवारको राशिफल

    हिमाली संचार संवाददाता
    २७७ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    पहिलेको संकल्प पूरा गर्ने समय छ। काममा राम्रो सुरुवात हुनाले सोचेको नतिजा हातलागी हुनेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। चिताएको काम बोलीको भरमा सम्पादन हुनेछ। विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। तर सानो कामलाई अत्यधिक खर्च हुनेछ। बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ। आफन्त पनि टाढा हुनेछन्।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। तर, परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न निकै श्रम गर्नुपर्नेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम बन्नेछ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    ठूलो उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ। बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त हुनेछ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    मिहिनेत गर्दा भाग्यले पनि अवसर दिलाउनेछ। टाढिएका शुभचिन्तकहरू नजिकिनाले प्रसन्नता मिल्नेछ। परोपकारी काममा सहभागी भइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सुरु हुनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    मानसम्मान प्राप्त हुनुका साथै प्रियजनसँग रमाइलो भेटघाट, घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। बलजफ्तीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा शुभचिन्तकहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा आस मारेको नतिजा सकारात्मक हुनेछ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    एकसाथ चुनौती र लाभको अवसर प्राप्त हुन सक्छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउलान्। तापनि सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

    प्रतिकृया दिनुहोस्

    भन्सार प्रणालीमाथि प्रश्न: बारम्बार राजस्व छली, प्रहरी सतर्क–प्रशासन लापरवाह

    रूपन्देही, वैशाख ८ – कृष्णनगर भन्सार नाकाबाट नेपाल भित्रिने ट्रकहरूबाट पटक–पटक राजस्व छली भइरहँदा पनि...

    प्रधानमन्त्री ओलीको आग्रह : “शिक्षकका जायज माग सुन्न सरकार तयार छ, वार्ताबाट समाधान खोजौं”

    काठमाडौं, वैशाख ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्ताको टेबलमा आउन आह्वान...

    ताप्लेजुङमा गाडीमा आगलागी हुँदा ४ जनाको ज्यान गयो, दुई जना घाइते

    ताप्लेजुङ, वैशाख ८ — ताप्लेजुङस्थित पाथिभरा मन्दिर जाँदै गरेको एक यात्रुबाहक गाडीमा विद्युतको तार खस्दा...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको सुनुवाइ स्थगित

    काठमाडौं, वैशाख ८ – गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

    धोबिखोलामा स्कुटर खस्दा भाग्यले बच्यो चालक

    काठमाडौं, वैशाख ८ – काठमाडौंको सेतोपुल नजिक सोमबार दिउँसो एक स्कुटर अनियन्त्रित भई धोबिखोलामा खस्ने...