News Portal

वाह ! मेयर साब : जसले गरे बेवारिशे शिशुको उद्धार

हिमाली संचार संवाददाता
४२२ पटक

उर्लाबारी, २६ चैत : मोरङको उर्लाबारीस्थित मावाखोलाको पुलमुनि सोमबार दिउँसो भेटिएको एउटा बेवारिसे शिशुलाई उर्लाबारीका मेयर खडग फागोले उद्धार गरी अस्पताल पठाएका छन ।

बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसैले जन्माएर छोडेको अबस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेको थियो । शिशुलाई प्रहरीले गोदावरी हस्पिटल लगेपछि मेयर खड्ग फागोले थप उपचार र बच्चाको उद्दारको लागि नोबेल हस्पिटल विराटनगरलाई अनुरोध गरी निशुल्क उपचारको व्यवस्था मिलाईदिएका छन ।

मेयर फागोले नानीको उपचारमा खटिनुहुनेहरुलाई सहयोगको लागि नगद ५ हजार सहयोग गर्नुभएको छ । बच्चाको स्वास्थ्यमा सुधार होस भनेर नोबेलमा उपचारको लागि भनेको छु, उपचार निशुल्क हुन्छ, घटना जे जस्तो भएपनि बच्चा बाँच्नुपर्छ, फागोले भने ।

मेयर फागोले उद्धारमा खटिनुहुने प्रहरी स्थानीय, गोदावरी हस्पिटल एम्बुलेन्स संघ सबैलाई धन्यवाद दिएका छन् । फागोले गर्दा बच्चाको उपचारमा सहज भएको छ । नत्र कस्ले उपचार गर्ने कस्ले कस्लाई भन्ने कसरी ब्यवस्थापन गर्ने समस्या थियो । मेयर फागो नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।

(मेयर फागोले उद्वार गरेको बच्चा !)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...