News Portal

  • छाला तथा कुष्ठरोग र महिलाको पाठेघरको मुखको क्यान्सर शिवीर सञ्चालन

    हिमाली संचार संवाददाता
    ४६१ पटक
    दुर्गा बि.सी.

    सुर्खेतको सिम्ता गाउँपालिकाले छाला तथा कुष्ठरोग शिवीर र महिलाको पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी शिवीर सञ्चालन गरेको छ । शिविर सिम्ता सुर्खेतको वडा १,२ र ३ को नागरिकलाई पायक पर्ने स्थान स्वास्थ्य ईकाई बाँखर्कमा आयोजना गरिकएको छ ।

    शिवीरको उद्घाटन सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले गर्नु भएको थियो । साथै कार्यक्रममा जनतासँग सिम्ता गाउँपालीका भन्ने मुल मन्त्र दिएको कार्यक्रममा वडा अध्यक्ष मान सिं कामी,नहकुल वुढा,स्वास्थ्य शाखा प्रमुख भिमवहादुर नेपालीले मन्तव्य राख्नु भएको थियो ।

    त्यसै गरि छाला तथा कुष्ठरोग विशषज्ञ डाक्टर आईएन एफ सुर्खेतका दयानाथ योगी, मंगलवहादुर थारु, सिर्जना त्यसै गरि महिला रोग पाठेघर सम्बन्धी विशषज्ञ गंगा पुन, डम्बरी कँडेल लगायतको टिम शिवीरमा खटेको छ । पाठेघर सम्बन्धी ९२ जनाले चेकजाँच गराएका छन् भने कुष्ठरोग तथा छाला सम्बन्धी ८७ जनाले चेकजाँच गराएका छन् । सिम्ताका सवैलाई पाएक पर्ने क्षेत्रमा आयोजना गरिएको शिवीर २८ गते सकिने वताएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...