News Portal

छाला तथा कुष्ठरोग र महिलाको पाठेघरको मुखको क्यान्सर शिवीर सञ्चालन

हिमाली संचार संवाददाता
५४० पटक
दुर्गा बि.सी.

सुर्खेतको सिम्ता गाउँपालिकाले छाला तथा कुष्ठरोग शिवीर र महिलाको पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी शिवीर सञ्चालन गरेको छ । शिविर सिम्ता सुर्खेतको वडा १,२ र ३ को नागरिकलाई पायक पर्ने स्थान स्वास्थ्य ईकाई बाँखर्कमा आयोजना गरिकएको छ ।

शिवीरको उद्घाटन सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले गर्नु भएको थियो । साथै कार्यक्रममा जनतासँग सिम्ता गाउँपालीका भन्ने मुल मन्त्र दिएको कार्यक्रममा वडा अध्यक्ष मान सिं कामी,नहकुल वुढा,स्वास्थ्य शाखा प्रमुख भिमवहादुर नेपालीले मन्तव्य राख्नु भएको थियो ।

त्यसै गरि छाला तथा कुष्ठरोग विशषज्ञ डाक्टर आईएन एफ सुर्खेतका दयानाथ योगी, मंगलवहादुर थारु, सिर्जना त्यसै गरि महिला रोग पाठेघर सम्बन्धी विशषज्ञ गंगा पुन, डम्बरी कँडेल लगायतको टिम शिवीरमा खटेको छ । पाठेघर सम्बन्धी ९२ जनाले चेकजाँच गराएका छन् भने कुष्ठरोग तथा छाला सम्बन्धी ८७ जनाले चेकजाँच गराएका छन् । सिम्ताका सवैलाई पाएक पर्ने क्षेत्रमा आयोजना गरिएको शिवीर २८ गते सकिने वताएको छ ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...