वैदेशिक रोजगारको नाममा ठगिए सावालाल, पैसा फिर्ता माग्दा मरासन्न हुने गरि कुटपिट

विर्तामोड, २६ चैत : झापा गौरादह २ का सावालाल ताजपुरिया बैदेशिक रोजकारको जाने तयारिमा दलालबाट ३ लाख रुपैंया ठगिएका छन् । ताजपुरियालाई पाहृनियर ओभरसिज बिर्तामोड साखाको आफू एजेन्ट भएको भन्दै भद्रपुर ७ का खकन सरकारले उक्त रकम ठगि गरेका हुन् ।
पीडित ताजपुरियाका अनुसार आफुलाई बैदेशिक रोजकारका लागि खकनले माल्दिफ्स पठाईदिने र उक्त देशजान करिव ३ लाख लाग्ने बताएका थिए । सोह बमोजिम पछि पटकपटक गरेर आफुले उक्त रकम दिए, ताजपुरियाले भने ।
ताजपुरियाको भिसा पनि आयो हवाईजहाजको टिकट पनि उनी घरबाट बिदा भएर काठमाडौ पनि पुगे जब उनी एयरपोर्ट पुगे तब मात्र ताजपुरियालाई थाहा भपो सरकारले दिएको भिसा र टिकट नक्कली रहेछ भनेर । ताजपुरियालाई छागाबाट खसेजस्तो भयो। गौरादहमा सुकुम्बासी बस्तिमा बस्ने ताजपुरीयाले उक्त रकम पनि ऋणपान गरेर ल्याएका थिए ।
उनलाई बिमास्थलसम्म लगेका सरकार ताजपुरि केहि क्षणमै सम्पर्क विहिन हुन पुगे । घटना भएको केही दिन पछि ताजपुरिया आफ्नो घर फर्किए । घटनाबारे आफना साथीभाई र आफन्तलाई भन्न थाले पछि केही युवाको सक्रियतामा खकन सरकारको खोजि सुरु भयो । खोजेको केही दिनमा सरकार बिर्तामोडमा फेला परे । ताजपुरियाले आफ्नो पैसा माग्दा उल्टो कुटाई समेत खानु परेको बताए ।

मलाई विदेश लाने बाहानामा ठग्यो, पैसा माग्दा उल्टै मरासन्न हुने गरि कुटपिट गर्यो – उनले भने । कुटाईबाट ताजपुरियाको नाकको डाडि भाचिएको छ भने हातमा समेत स्टिल लाउनु पर्ने भएको छ। सरकारले अन्धाधुन्द ताजपुरियालाई कुटपिट गर्न थालेपछि स्थानियले सरकारलाई ईलाका प्रहरी कार्यालय अनारमोनिमा बुझाएका थिए।
ताजपुरियाको दमक स्थित लाईफलाईन अस्पतालमा उपचाररत छन। ताजपुरिया भन्छन पैसा त पाईन उल्टो कुटाई समेत खानु परो । म सबैसँग न्यायको लागि हजुरहरुको साथ माग्छु । गरिवको लागि कानुन र न्यायको लागि प्रसाशनबाट पनि सहयोग पाईन् ।
सवालालका बुबा भन्छन, आफुहरु सुकुम्बासी भएर बसिरहेको र छोराले पैसा कमाउछ कि भन्ने लागेको थियो अब कसरी तिर्ने ?
ताजपुरिया भन्छन आफू सरकारबाट ठगिएको निवेदन बोकेर ईप्रका बिर्तामोड गए । तर त्यहा बैदेसिक ठगि सम्बन्धि आफुहरुले नहेर्ने भनेर निवेदन समेत नलिई प्रहरीले फर्काईदिएको उनको भनाइ छ । उनी जिल्ला प्रशासन कार्यालय झापा समेत गए तर त्या पनि उनको कुरालाई महत्व नदिएको ताजपुरियाको भनाई छ।
यस विषयमा ईलाका प्रहरी कार्यालय बिर्तामोडका एक प्रहरी कर्मचारी भन्छन्,आफुहरुले बैदेशिक ठगि नहेर्ने भएकाले निवेदन नलिएको हो।


















