News Portal

नन्दलालको दादागिरी, मेटिदैं त्रिभुवन चौकको इतिहास

हिमाली संचार संवाददाता
५२० पटक

नेपालगन्ज, २६ चैत : पटकपटक सभागृह निर्माणका निहुँमा आयोजित बृहत मेला/महोत्त्सवबाट संकलित रकम पारदर्शी रूपमा सार्वजनिक नगर्दा विवादीत बनेका नेपालगन्ज उद्योग बाणिजय संघका अध्यक्ष नन्दलाल बैश्य नेतृत्वको टोली पुरातात्विक र एतिहासिक संरचना तोडफोडमा सक्रिय देखिएको छ ।

उक्त टोलीले विगत ४० वर्ष पुरानो त्रिभुवनको शालिक रहेको त्रिभुवन चोक स्थित संरचना भत्काएर दादागिरी मच्चाएको छ । अध्यक्ष बैश्यको उक्त अनैतिक कार्यप्रति सर्वसाधारणले विरोध जनाएका छन् । सोमबार राति उनकै नेतृत्व र मिलेमतोमा त्रिभुवन चोकको संरचना भत्काउँदै गर्दा भेला भएका सर्वसाधारणले संघका अध्यक्ष वैश्य विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

वाणिज्य संघले त्रिभुवनको शालिक रहेको संरचना भत्काएर नयाँ स्तम्भ बनाउने र सौन्दर्यकरण गर्ने प्रस्ताव नेपालगन्ज उपमहानगरपालिका समक्ष राखेपनि उक्त प्रस्ताव नगर बोर्डबाट पारित वा स्वीकृत हुन सकेको छैन् ।

उपमहानगरका मेयर डाक्टर धवलशम्सेर राणाले एक वर्ष अघि नै संघलाई सौन्दर्यकरणका लागि अनुमति दिएको भन्दै अध्यक्ष बैश्यले डोजर लगाएर उक्त चौकको महिमा मेटाउने प्रयास गरेका छन् ।

तर, नेपालगन्ज उपमहानगरको बोर्डले भने यस विषयमा कुनै निर्णय नगरेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउँछन् । उनले भने ‘संघलाई त्रिभुवन चोकमा सौन्दर्यकरण गर्न अनुमति दिइएको बारे जानकारी छैन् ।

रिजालकाअनुसार ६/७ महिना अगाडि संघले त्रिभुवन चोक सौन्दर्यकरणका लागि प्रस्ताव गरेको थियो । तर, नगर बोर्डले कुनै निर्णय गरेको थिएन । त्रिभुवन चौकको संरचना भत्काउने काममा संघका अध्यक्ष बेश्यको निर्देशनमा वडा नं. ११ का अध्यक्ष उज्जवलसिंह राठौर र मेयर राणाको मिलेमतो रहेको स्थानीयले आरोप लगाएका छन् ।

सोमबार राती भएको उक्त चौक भत्काउने प्रयास स्थानीयले असफल पारेपछि वडाध्यक्ष राठौरले सर्वसाधारणलाई अस्लिल गाली समेत गर्दै जे पनि गर्न सक्ने धम्की दिएको स्थानीय बताउँछन् । राप्रपाकै मेयर राणाले नेपालगन्जको इतिहास मेटाउन खोजेको भन्दै राप्रपाकै नेताहरू समेत आक्रोशित बनेका छन् ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...