News Portal

  • नन्दलालको दादागिरी, मेटिदैं त्रिभुवन चौकको इतिहास

    हिमाली संचार संवाददाता
    ४४४ पटक

    नेपालगन्ज, २६ चैत : पटकपटक सभागृह निर्माणका निहुँमा आयोजित बृहत मेला/महोत्त्सवबाट संकलित रकम पारदर्शी रूपमा सार्वजनिक नगर्दा विवादीत बनेका नेपालगन्ज उद्योग बाणिजय संघका अध्यक्ष नन्दलाल बैश्य नेतृत्वको टोली पुरातात्विक र एतिहासिक संरचना तोडफोडमा सक्रिय देखिएको छ ।

    उक्त टोलीले विगत ४० वर्ष पुरानो त्रिभुवनको शालिक रहेको त्रिभुवन चोक स्थित संरचना भत्काएर दादागिरी मच्चाएको छ । अध्यक्ष बैश्यको उक्त अनैतिक कार्यप्रति सर्वसाधारणले विरोध जनाएका छन् । सोमबार राति उनकै नेतृत्व र मिलेमतोमा त्रिभुवन चोकको संरचना भत्काउँदै गर्दा भेला भएका सर्वसाधारणले संघका अध्यक्ष वैश्य विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

    वाणिज्य संघले त्रिभुवनको शालिक रहेको संरचना भत्काएर नयाँ स्तम्भ बनाउने र सौन्दर्यकरण गर्ने प्रस्ताव नेपालगन्ज उपमहानगरपालिका समक्ष राखेपनि उक्त प्रस्ताव नगर बोर्डबाट पारित वा स्वीकृत हुन सकेको छैन् ।

    उपमहानगरका मेयर डाक्टर धवलशम्सेर राणाले एक वर्ष अघि नै संघलाई सौन्दर्यकरणका लागि अनुमति दिएको भन्दै अध्यक्ष बैश्यले डोजर लगाएर उक्त चौकको महिमा मेटाउने प्रयास गरेका छन् ।

    तर, नेपालगन्ज उपमहानगरको बोर्डले भने यस विषयमा कुनै निर्णय नगरेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउँछन् । उनले भने ‘संघलाई त्रिभुवन चोकमा सौन्दर्यकरण गर्न अनुमति दिइएको बारे जानकारी छैन् ।

    रिजालकाअनुसार ६/७ महिना अगाडि संघले त्रिभुवन चोक सौन्दर्यकरणका लागि प्रस्ताव गरेको थियो । तर, नगर बोर्डले कुनै निर्णय गरेको थिएन । त्रिभुवन चौकको संरचना भत्काउने काममा संघका अध्यक्ष बेश्यको निर्देशनमा वडा नं. ११ का अध्यक्ष उज्जवलसिंह राठौर र मेयर राणाको मिलेमतो रहेको स्थानीयले आरोप लगाएका छन् ।

    सोमबार राती भएको उक्त चौक भत्काउने प्रयास स्थानीयले असफल पारेपछि वडाध्यक्ष राठौरले सर्वसाधारणलाई अस्लिल गाली समेत गर्दै जे पनि गर्न सक्ने धम्की दिएको स्थानीय बताउँछन् । राप्रपाकै मेयर राणाले नेपालगन्जको इतिहास मेटाउन खोजेको भन्दै राप्रपाकै नेताहरू समेत आक्रोशित बनेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...